देउवा केपी ओलीको बाटोमा हिड्दै ः नेता पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिको आडमा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई यो हालतमा पुर्‍याएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस भरतपुर नगरसमितिले सोमाबार आयोजना गरेको विजया दशमी तथा तिहारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा बोल्दै पौडेलले पार्टी सभापति देउवाले सत्ता, शक्ति र पदको दम्भले मातेको बताए।

 

‘सत्ता र पदभन्दा अरु केही पनि नदेख्ने । जे मन लाग्यो त्यही गरेर आज पार्टीलाई यो हालतमा पुर्‍याइएको छन्, उनले भने । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आफ्नै निर्णय पटकपटक फिर्ता लिएर तमासा देखाएको पौडेलले बताए।

आज निर्णय गरेर भोलि फिर्ता गर्नुपर्ने कांग्रेस आफुले नचाहेको उनले बताए । कांग्रेसले आफ्ना कार्यकर्तालाई हँसिय हथौडा र सूर्यमा भोट हाल भनेर भन्न नपरोस् भन्ने आफुले चाहेको उनको भनाइ थियो । ‘सबै कांग्रेस कार्यकर्ताले रुख चिह्नमा भोट हाल्न पाउन । त्यो कांग्रेस हामीलाई चाहिएको हो’, उनले भने ।

‘अहिले तपाईंहरूले भन्नुभयो, कहिले सूर्यमा भोट हाल्नु पर्ने, कहिले हँसिया हथौडामा भोट हाल्नुपर्ने, कहिले हलोमा भोट हाल्नुपर्ने, यो बिडम्बना कहाँबाट सुरु भयो ? साथीहरुलाई भन्न चाहान्छु, १३औँ महाधिबेशनको गल्तिबाट आज यो अवस्थामा गुज्रिएको हो कि होइन ?, उनले पुनः प्रश्न गरे ।

आगामी १४औँ महाधिबेशनमा कार्यकर्ताले नेताहरुको उचित मूल्यांकन गर्नुपर्ने बताए । वर्तमान नेतृत्वले कांग्रेसलाई विचलित गर्ने र कार्यकर्तालाई गैरकांग्रेसी चरित्रतर्फ धकेल्ने प्रयास गरेको बताउँदै उनले देशमा अझै पनि लोकतन्त्रको सुनिश्चितता नभएको बताए ।

‘अझै पनि लोकतन्त्रको सुनिश्चितता भएको छैन । १५ वर्षअघि राष्ट्रपतिमा नथन्किने भनेर गरेको निर्णय अहिले आएर सहि सावित भएको छ । अझै लडाइँ लड्न जरुरी छ’, उनले भने । सही नेतृत्व छान्नका लागि कार्यकर्तासामु परीक्षाको घडी आइपुगेको उनले बताए ।

श्राेत िडसी नेपाल

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555