अभिनेत्री मिरूनाले सार्बजनिकरुपमा माफि माग्नु पर्ने भन्दै आन्दोलनमा

कबड्डी ४ की अभिनेत्री मिरूना मगरमाथि भएको अभद्र व्यवहारको घटनामा पक्राउ परेको मुगुका फुर्वा लामा निर्दोष भएको भनि मंगलबार राजधानीका बिभिन्न चलचित्र भवनहरुमा आन्दोलन भएको थियो ।

भिनेत्री मिरूनाले भिक्षुमाथि झुटो आरोप लगाएर थप्पड हिर्काएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो।

अभिनेत्रीको बिरुद्धमा चर्को आन्दोलन भए पछी मंगलबार काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले आरोपित तामाङलाई तीन हजार धरौटीमा रिहा गरेको छ ।

आइतबार मगरद्धारा अभिनय भएको सिनेमा कबड्डी ४ हेरी फर्कने क्रममा तामाङले अभिनेत्री मगरसँग फोटा खिचाउन खोज्दा अभद्र ब्यबहार प्रस्तुत गरेको भनि अभिनेत्रीले गालामा थप्पड हान्नुको साथै उक्त भिडमै कान समातेर माफि माग्न लगाइन । त्यतिमात्र नभई प्रहरीलाई बोलाई पक्राउ समेत गरिन र अभद्र ब्यबहार मुद्दा समेत दर्ता गराएकि थिइन ।

आरोपित फुर्वालाई माफि माग्न लगाईएको र थप्पड हानेको भिडियो सामाजिक संजालमा सार्बजनिक भएकोमा उक्त भिडियोमा आरोपित फुर्वाले गल्ती नगरेको र ति अभिनेत्रीले आफै कानुन हातमा लिई सार्बजनिक रुपमा थप्पड हान्नुको साथै कान समातेर माफि समेत माग्न लगाएको पाइएपछी चर्को बिरोध भएको थियो ।

अभिनेत्री मिरुना र आरोपित फुर्वा बिच आपसी समझदारी कायम भएता पनि अभिनेत्रीले सार्बजनिक रुपमा माफि माग्नु पर्ने पिडितहरुको दाबी रहेको छ ।

भिडभाडमा भएको समान्य धकेलपकेललाई लिएर अभिनेत्रीबाट भएको अमानबिय र अमर्यादित घटनाको चौतर्फी बिरोध भएको छ । घटनाको सम्बन्धमा अभिनेत्रीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हनु सकेको छैन ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555