अब्यबस्थित टहरा हटाउन मन्त्रि आलेको निर्देशन

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन् ।

आइतबार उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा गएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहराहरू १५ दिनभित्र हटाउन निर्देशन दिएका ह‍ुन् । उनले भने,“ गुहेश्वरीमा थुप्रै टहराहरू बनाएर कब्जा गर्ने र अतिक्रमण गर्ने काम भएको छ, यहाँ बनाइएका टहरा हटाउन निर्देशन दिएको छु” ।

यसैगरी मन्त्री आलेले “पशुपति क्षेत्र विकास कोषको हाताभित्र थुप्रै विकृति भएका र विगतमा सदस्य सचिव भएकाहरूले मनपरी ढङ्गबाट काम गरेकाले विकास कोषमा कुनै पनि महिनामा नियमित मासिक भाडा नआउने गरेको र निःशुल्क रूपमा गाईपालनका लागि जमिन दिएको पाइएकाले ती विकृतिको अन्त्य गर्ने बताए” ।

उनले भने,“पशुपति क्षेत्र विकास कोषबाट अनुमोदन नै नगरी कतिपय ठाउँ र जमिन भाडामा दिइएको देखियो, यस्ता विकृति अन्त्य हुन्छ ”।पशुपति क्षेत्र विकास कोषको हाता भित्र रहेका क्रियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गर्नका लागि समेत पहल भइरहेको मन्त्री आलेले अनुगमनका क्रममा जानकारी दिए ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555