बिरेन्द्रनगर मेयरको बलियो उम्मेद्धार बिष्ट भएको चर्चा

सुर्खेत ।  बिरेन्द्रनगरमा यहीँ बैशाख ३० गते हुन गई रहेको स्थानीय तहको निर्वाचनमा मेयर पदको आकाँक्षीहरुले धामधम आफ्नो उम्मेद्वारी सार्वजनिक गरिरहेका छन् ।

कणाली प्रदेशको राजधानी वीरेन्द्रनगर प्रदेशकै ठुलो नगरपालिका हो । राजधानीको नगरपालिकाको प्रमुख पदका लागि बिभिन्न पार्टिकाबाट आआफ्नो उम्मेद्धारी सार्बजनिक गर्ने क्रममा काँग्रेसबाट युवा नेता एवम् समाजसेवी हरी विष्टले पनि उम्मेद्वारको दाबी गरेका हुन् ।

उनीस सहित काँग्रेसबाट सात जनाले मेयर पदको उम्मेद्वारीका लागि दावी गरिरहेका छन् । दाबी गर्नेमा हालका नगर प्रमुख देवकुमार सुवेदी, पुनः मेयरमा नदो¥याउने संकेत गरे पछि विष्टले मेयरका लागि दावी गरेको काँग्रेस स्रोत बताउँछ ।

तरुण दल सुर्खेत अध्यक्ष एवम् हालका पार्टी सह–सचिव समेत रहेका विष्टले आफ्नो उम्मेद्वारीमा दावी प्रस्तुत गर्नु सकरात्मक पक्ष  रहेकाे काँग्रेस नेताहरु बताउछन् ।

सत्ता गठबन्धनमा पनि बलियो उम्मेद्धारको  बलिया प्रतिस्पर्धी विष्ट नै भएको चर्चा भइरहेको छ ।  उनि बिरेन्द्रनगर १ जन्मिएका बिष्ट हक्की, निडर, इमान्दार असल संगठक समेत भएको पार्टि श्रोतले जनाएको छ ।

बहु प्रतिभाका धनी, कलाकार, समाजसेवी, खेलाडी र राजनीतिज्ञको रुपमा आफुलाई परिचित गराएका बिष्टले ‘मलाई पदको लोभ हैन, “पार्टीले अवसर दिएको खण्डमा चुनाव जित्छु र घोषणा पत्रमा उल्लेख भए बमोजिमको काम गर्ने प्रतिबद्धता सहित यो मेरो दावी हो ।” सुशासन खबरलाइ जानकारी दिए ।

सबै क्षेत्रमा राम्रो दख्खल राख्ने विष्ट विशेष गरी दिन दुःखीहरुलाई बिभिन्न गतिबिधी मार्फत सहयोग गर्नुको साथै कोरोना महामारीका बेला  सुर्खेत जिल्ला बासीको सेवामा अनवरत रुपमा खटिएका थिए ।

सुर्खेतमा कोरोनाको पहिलो, दोस्रो र तेस्रो लहर चल्दा समस्यामा परेका ज्यालादारी गर्ने मजदुर, विद्यार्थी, कोठा भाडामा बस्ने अति विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई ज्यानको प्रवाह नै नगरी घरमै पुगेर खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्रीहरु, अक्सीजन सिलिन्डर वितरण गरी सहयोग गरेका थिए ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555