भरतराज अधिकारी
बैशाख ७, दैलेख । एभरेष्ट क्लब दैलेखको सहजिकरणमा यूएनडिपि नेपालको आर्थिक सहयोग र आठबिस नगरपालिकाको संयुक्त साझेदारीमा आठबिस १, सात्तलाका किसानहरुले खरि जातका बाख्राको मुल बिउ पाएका छन् ।
परियोजनाको मापदण्ड अनुसार कोभिड— १९ का कारण अति विपन्न,अपांग,एकल महिला,दलित तथा बैदेशिक रोजगार गुमाएका भूमिहिन घरपरिवारहरु लाई छनौट गरी उक्त कार्यक्रम संचालन गरिएको थियो ।
सोही कार्यक्रम अनुसार वडा नम्बर १, सातालामा बाख्रापालनमा सहयोग गरी दिगो ब्यवसायिक बाख्रापानका लागि प्रति घरधुरी ५ वटाका दरले बयस्क स्थानिय क्रस खरीजातको बिउ बाख्रा ६० घरधुरीमा करिब २९,००,००० (उनान्तिस लाख) बराबर मूल्यको रकम खर्च गरी वितरण गरेको छ ।
“उक्त बाख्रा ब्यवश्थापनका लागि परियोजना मार्फत आधुनिक व्यवसायिक खोर निर्माण तथा मर्मतका लागि समेत प्रति घरधुरी ३७००० हजारका दरले निर्माण सामाग्रिमा २२००००० ( बाईस लाख) खर्च गरी सो कार्यलाई अन्तिम रुप दिएको” कार्यक्रम संयोजक युवराज शाहीले बताए ।