दैलेखका धिरजप्रताप सिंह बने प्रहरी प्रमुख

१८ वैशाख, काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई एआईजी विश्वराज पोखरेल,रवीन्द्रबहादुर धानुक र सहकुलबहादुर थापालाई पछाडी पार्दै आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए । सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर सरकारले सिंहलाई आईजीपी नियुक्त गरेको हो ।

दैलेख जिल्ला नारायण नगर पालिका वार्ड नं. ७ विजौरामा २०२४ सालमा जन्मिएका सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् । उनी हालका आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरेका थिए ।

 

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555