निर्वाचनमा खटिने मतदान अधिकृतहरुलाइ तालिम

वैशाख २४, २०७९ –
दैलेख – जिल्ला निर्वाचन कार्यालय दैलेखले वैशाख ३० गते हुने मतदानमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको पहिलो चरणको तालिम दैलेख सदरमुकाममा आज सम्पन्न भएको छ ।

दुल्लू, आठबीस, चामुण्डाबिन्द्रासैनी नगरपालिका, भैरबी र ठाँटीकाँध गाउँपालिकामा खटाइएको दुई सय छ मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरु सहभागी भएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिनुभयो ।

बाँकी नारायण नगरपालिका, गुराँस, डुंगेश्वर, भगवतीमाई, नौमूले र महाबु गाउँपालिकामा खटिइएका दुई सय चार मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई भोलि वैशाख २५ गते तालिम दिइदैछ ।

स्थानीय निर्वाचन सम्वन्धी कानूनी व्यवस्था, मतदान कार्य सम्वन्धी व्यवस्था, सुरक्षा सावधानी सवालसंगै नमूना मतदान कार्य समेत तालिममा समेटिएको छ ।

दैलेखमा ११ स्थानीय तहका ९० वडाका चार सय ७२ जना जनप्रतिनिधि चुन्न एक सय ३६ स्थानमा दुई सय सात वटा मतदान केन्द्र राखिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले बताउनुभयो ।

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम तथा निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयले गर्ने र निर्वाचन सम्वन्धी प्रशासनिक परिचालन मुख्य निर्वाचन अधिकृतले गर्ने जिम्मेवारी तोकिएको छ ।

नेपालको संविधान तथा निर्वाचन सम्वन्धी ऐनले जिल्लाभरको निर्वाचन कार्य समन्वय गर्ने गरी जिल्ला सदरमुकामको निर्वाचन अधिकृतको काम गर्ने गरी जिल्ला अदालतका बरिष्ठतम् जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

 

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555