दैेलेखको गाउँ गाउँमा चुनावी माहोल बढेको छ । घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानमा सहभागी हुन भनि रहेको जिल्ला निर्वाचन आयोगले समेत उचित ढंगबाट मतदाता शिक्षा दिई रहेको छैन ।
मतदाता शिक्षा दिने क्रममा दैलेखमा हिजाे नमुना मतदान समेत भएको थियो । उक्त नमुना मतदानमा जाने बुझेका ब्यक्तिहरुमात्र सहभागी भएका थिए ।
साधारण नागरिकहरुलाई उक्त नमुना मतदानमा सरिक गराईएको भने थिएन । त्यस्तै अन्य संचार माध्यमबाट समेत कुनै निर्बाचन सम्बन्धिका गतिबिधीहरुको सुचना प्रवाह समेत गरेको छैन ।
“मतदानमा सरिक हुने मतदाताहरुले मतदाता शिक्षा प्रयाप्त मात्रामा नपाउदा धेरै भन्दा धेरै मतपत्र बदर हुन सक्ने भएकोले जिल्ला निर्बाचन कार्यालयले मतदाता शिक्षा लगायतका निर्वाचन सम्बन्धिका शिक्षा दिन जरुरी रहेको” एक जानकारले बताए ।
निर्वाचन आयोगले दिएको नमूना मतपत्र अनुसार राजनीतिक दलहरुले आफ्नो चुनाव चिह्नमा स्वस्तिक छाप लगाएर मतदातालाई शिक्षा दिँदै आएका छन् भने निर्वाचन आयोगले मतदाता शिक्षाका लागि कुनै व्यवस्था नगरेको राजनैतिक दलहरुको आरोप छ ।
“हामिले दिने शिक्षा भनेको एकहोरो हुने हुँदा अन्य आचारसंहिता लगायतका शिक्षा हामिबाट नहुने हुँदा यस पटकको निर्वाचन स्वच्छ र निश्पक्ष हुनेमा बिश्वस्त भने छैनौ” एक राजनैतिक दलको नेताले बताए ।