ट्राफिक ब्यबस्थापन पहिलो प्रथामिकता ः प्रहरी निरीक्षक आयार्य

सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा प्रमुखको रुपममा सरुवा भएर आएका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले कर्णाली प्रदेश राजधानीको अस्तव्यस्त पार्किङ लगायत सवारी ब्यबस्थापनमा जोड दिन बताएका छन् ।

प्रदेश राजधानीको वीरेन्द्रनगरको बजार क्षेत्रमा रहेका बिभिन्न बित्तिय संस्था लगायत सरकारी कार्यालयमा सेवा लिन जाने सेवाग्रहीले प्रयोग गर्ने सवारी साधनहरुको पार्किङ ब्यबस्थापन गरी सवारी साधन आवागमनमा सहज बनाउनु मेरो पहिलो जिम्मेवारी रहेको प्रहरी निरीक्षक आचार्यले सुशासन खबरलाई जानकारी दिएका छन् ।

साथै बजार क्षेत्रमा जथाभाबी पार्किङ लगायत सवारी आवागमन समेत भइरहेको हुँदा बजार क्षेत्रमा समेत सवारी आवागमनको व्यबस्थापन लगायत पार्किङ ब्यबस्थापनमा जोड दिने बताएका छन् ।

यातायात ब्यबस्थापन ऐनले  आफुलाई दिएको कानुनी अधिकारको प्रयोग गरी सडक दुर्घटना लगायत सवारी साधनबाट हुन सक्ने अन्य प्रभावको न्युनिकरण गर्ने भएकोले सरोकारवाला निकायहरुले पनि जिल्ला ट्रफिक कार्यालय सुर्खेतलाई सहयोग गर्न समेत अपिल गरेका छन् ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555