गुणस्तरिय शिक्षाले नै लोकतान्त्रिक संस्कारको बिकास हुन्छ : रेग्मी

नेपाली काँग्रेसको जिल्ला सभापति मणिराम रेग्मीले राजनीतिक नेतृत्वको इमान्दार प्रयासले धेरैतिरका विकृति र बिसंतिहरु सुधार गर्न सकिने बताउनुभएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान दैलेख र बालविवाह विरुद्धको साझा अभियान सञ्जाले आज सदरमुकाममा आयोजना गरेको गुणस्तरीय शिक्षा र बालविवाह अन्त्य सवालमा गरेको विचार विमर्श कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

सभापति रेग्मी समाजमा सबैतिर समस्या छ र यी समस्या समाधान गर्न राजनीतिक नेतृत्वले साझा हितमा काम गर्ने गरी सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति सबैलाई उत्तरदायी बनाउन सके मात्र लोकतान्त्रिक संस्कारको विकास हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव तिलक रिजालले शैक्षिक गुणस्तर सुधार गर्न, बालविवाह अन्त्यको अभियान वा यस्ता सबै कामका लागि हरेक घरमा बालबालिकालाई असल शिक्षा र आवश्यक रेखदेख जरुरी हुने सुझाव दिनुभयो ।

त्यसबखत नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष जङ्गबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रमहरु प्रभावकारी बनाउन केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरुवीच समन्वय प्रभावकारी बनाउनपर्ने आवश्यकता दर्शाउनुभयो ।

नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले आम सञ्चार माध्यम र नागरिक समाजले सरकारले गरिरहेका काममा आवश्यकता पर्दा खवरदारी गर्न र रचनात्मक काममा सकारात्मक सहयोग गर्न आग्रह गर्नुभयो ।

शिक्षाका लागि राष्ट्रिय अभियान दैलेखका जिल्ला अध्यक्ष भरतराज अधिकारीको अध्यतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य माराराम अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नविन रिजाल, शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय सदस्य दुर्गा गिरी लगायतले शैक्षिक गुणस्तर सुधार र बालविवाह अन्त्य सवालमा आफ्नो धारणा राख्नुभएको थियो ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555