३ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएका छन् ।
शनिबार दिउँसो हलचोक स्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पुगेका बेला आयोजित औपचारिक कार्यक्रममा उपप्रधानमन्त्री तथा गृह मन्त्रि लामिछानेका लागि छुट्टै बिशिष्ठ सोफाको ब्यबस्था गरिइको थियो ।
आफुलाई छुट्टै बिशिष्ठ खालको सम्मान आबश्यक नपर्ने भएकोले उक्त सोफा हटाउन लगाएर अन्य सरहको सोफा राख्न लगाएको उनको सचिवालयले जानकारी दिएको थियो ।