जिल्ला बाहिर निर्यात गर्ने पशुहरुको स्वास्थ्य परिक्षण नगराई आपुर्ति गर्न दिएको बिषयमा पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख प्रचण्ड खड्का बिवादमा परेका छन् ।
पशु चिकित्क नरहेको अवस्थामा खड्काको मिलो मतोमा स्वास्थ्य परिक्षण नै नगरी निर्यात गर्न अनुमति दिईको पाईएको छ । मंगलबार खड्का जिल्ला मै हुँदा हुदै कृतिम निमित्त कार्यालय प्रमुख तयार गरी जिल्ला दैलेख महाबु ३ मा रहेको जुना देबी कृषी तथा पशु पंछी फर्मका संचालक पुस्कर बुढालाई भे १ च ३८७३ नं को बोलेरो जीपमा ४२ ओटा पाठी जातको बाख्रा सुर्खेत स्थित छिन्चु बजार सम्म लिनको लागि आपुर्ति अनुमति दिएको थियो ।
कार्यालय प्रमुखको रुपमा कार्यालयमा उपस्थित भई हाजिर समेत गरेका खड्काले सोही दिन निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा लेखा अधिकृत छैठौ तहका कुमार रखालको नामबाट सिफारिस दिन लगाएको पाईएको छ ।
खड्काले पशु अस्पताल दैलेखमा हाजिर भए पश्चात ग्रैह्रजिम्मेवार ढंगबाट बेला बेलामा निमित्तको जिम्मेवारी तेश्रो बरियदाका कर्मचारीलाई दिएको पाईको छ । कर्मचारी समायोजन ऐन २०७५ को दफा १४ को उपदफा ३ बमोजिम समायोजन हुनु पुर्बको सेवा अवधिलाई गणना गरी जेष्ठता कायम गरिने ब्यबस्था भए पनि खड्काले ऐन बिपरित जेष्ठताको खिल्ली उडाएका छन् ।
जिल्लामा पशु स्वास्थ्य र पशु पालनमा महत्वपुर्ण योग दान दिनु पर्नेमा सो नभई कानुन बिपरित अनुदानबाट बितरित पाठा पाठी स्वास्थ्य परिक्षण नै नगराई बिक्रि बितरणको लागि अनुमित दिएका छन् । अनुमति पत्रमा रोचक बिषय के छ ? भने एउटा बोलेरो जिपमा ४२ वटा बाख्रा ढुवानी गर्न दिएको ।
जो कोहीले सहजै अट्कल गर्न सक्छन् वोलेरो जिपमा बढीमा १० देखी १२ वटा बाख्रा अटाउछन् भनेर तर यो पत्रमा ४२÷४२ वटा बाख्रा एउटा जिपमा ? उक्त पत्रबाट सहजै बुझ्न सकिन्छ, कुनै न कुनै बिषयमा बद्नियत छ भनेर ।
अर्को रोचक बिषय आफु कार्यलय प्रमुखको रुपमा जिल्लामा हुँदा हुँदै तेश्रो बरियदाका कर्मचारीलार्य निमित्त कार्यालय प्रमुखको जिम्मेवारी नै नदिई पत्रमा हस्ताक्षर गर्न लगाई सिफारिस दिन लगाउनु पनि शंकाको बिषय लिन सकिन्छ ।
नेपालको संबिधान २०७२ को धारा २३९ मा कुनै पनि सार्बजनिक पद धारण गरेको ब्यक्तिले भ्रष्टचार गरी अख्तियारको दुरुपयोग गर्नु भ्रष्टचार हुने भन्ने छ । खड्काले कार्यलय प्रमुखको जिम्मेवारी हुँदा हुँदै कृतिम पात्र तयार गरी सरकारी छाप र दस्तखतको दुरुपयोग गरी अख्तियारको दुरुपयोग गरेको प्रष्ट बुझिन्छ ।
यस बिषयमा कार्यालय प्रमुख खड्काले “जिल्ला प्रशासन कार्यालय दैलेखमा आफु बैठकमा रहेको अवस्थामा लेखा अधिकृतले फोन मार्फत जुना देबी कृषी तथा पशु पंछी फर्मका संचालक पुस्कर बुढाले पठापाठी सुर्खेतको छिन्छु सम्म निर्यात गर्न सिफारिस पाउ भनि निबेदन दिएको भनि जानकारी दिए पश्चात मैले पत्र बनाई दिन आदेश दिएको हुँ, निमित्त कार्यालय प्रमुखको जिम्मेवारी नदिएको बताउनुको साथै यस भन्दा अघिल्लो पटक निमित्त प्रमुखको जिम्मेवारी दिने क्रममा केही त्रुटी भएकोले सुधार गर्ने ”बताएका छन् ।