१० चैत, काठमाडौं । नेपाल प्रहरीको प्रमुख प्रहरी महानिरीक्षकमा अर्घाखाँची जिल्ला घर भएका वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ ।
कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य तीन दिन अघि मात्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका थिए । आइजिपी कुँवर सहित सबै एआइजी प्रहरी प्रमुखको प्रतिस्पर्धामा थिए ।
“यस अघिका केही आइजिपी बढुवा विवादित भएकोले यस पटक बरियतामा पहिलो रहेको कुँवरलाइ नै प्रहरी प्रमुख बनाउने निर्णय भएको हो” प्रधानमन्त्रि पुष्पकमल दहाल “प्रचण्ड”ले बताएका छन् ।