जातिय विभेद तथा रङ्गभेद विरुद्ध नागरिक समाजको महत्त्वपूर्ण भुमिका हुन्छ: सयोजक शाहि

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता बिरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको अवसरमा इन्सेकले आइतवार दैलेखमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
‘नागरिक समाजका अगुवाले बोल्नु पर्यो, पत्रकारले लेख्नु प¥यो, सरकारका निकायले विभेदका घटनामा निर्मम तरिकाले कारवाही गर्नु पर्यो अनि जातीय विभेद जस्तै समाजमा रहेका महिला माथि हुने हिंसा र यस्तै असमानताहरु हट्न सक्छ । त्यसका लागि सबैको इच्छाशक्तिा चाहियो’ प्रमुख शाहीले भन्नुभयो ।
कार्यक्रममा दैलेखका प्रहरी इञ्चार्ज डीएसपी किशोर लम्सालले पहिलेको तुलना जातीय विभेदका घटना संख्यात्मक रुपमा घटेको तर पूर्णरुपमा नहटेको टिप्पणी गर्नुभयो । समय अनुकूल शिक्षा, चेतना र कानूनको अभ्यासले जातीय विभेद घटेको तर पूर्णरुपमा हटाउन समुदायको अग्रसरता जरुरी रहेको उहाँको भनाई थियो ।
त्यसबखत दैलेखमा जातीय विभेदको अवस्था विषयमा प्रकाश पार्दै इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले जिल्लामा दलित नागरिक समाजको क्रियाशीलताले जातीय विभेदका घटनाहरु कानूनी प्रक्रिया लैजाने संस्कार बसेको उल्लेख गर्दै नेपालभर दुई सय मुद्दा चलेको मध्ये दैलेखमा मात्र ९ वटा छुवाछूत सम्वन्धी मुद्दा अदालत पुगेको जानकारी दिनुभयो ।
त्यसबखत मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक बिशाल सुनारले जातीय विभेदको प्रकृति बदलिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिले जस्तै सार्वजनिक धारा भएका ठाउँमा विभेद उस्तै छ जहाँ निजी धारा बनेका छन् त्यहाँ मात्र छुवाछूत हटेको भान भएको मात्र हो ।’

राजनीतिकर्मी मायाराम अधिकारी, अधिकारकर्मीहरु राजेश हमाल, मनोज थापा, सविना बिक, अभिसेक अनुराग, जीवराज रेग्मी, प्रभाकुमार बिक, जिल्ला प्रहरी कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज असई सुशीला भुसाल लगायतले जातीय विभेद सवाल र समाधानका उपाय बारे धारणा राख्नुभएको थियो ।
सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रगंभेदी कानुन विरुद्ध भएको एक शान्तिपूर्ण प्रदर्शनमा ६९ जना अधिकारकर्मीहरु मारिएको दुःखान्त घटनाको स्मरण गर्दै संयुक्त राष्ट्र संघको महासभाले सन् १९६६ मा मार्च २१ तारिकलाई रंगभेद उन्मूलनको अन्तर्राष्ट्रिय दिवसको रुपमा
घोषणा गरेको थियो ।
विश्वभर रंगभेद बिरुद्धको दिवसको रुपमा मनाउदै आएपनि नेपालमा जातिय विभेद बिरुद्ध आवाज उठाउने अवसरकार रुपमा मनाउन थालिएको हो । सन् २०२३ को नारा Urgency of combating racism and racial discrimination अर्थात् जातिवाद तथा रंगभेद विरुद्ध अबिलम्ब प्रतिवाद गरौं’ भन्ने रहेको छ

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555