अस्पताल प्रमुखलाई जानकारी नै नदिई जिल्ला अस्पताल दैलेखको एम्बुलेन्स बिरामी बोक्न प्रयोग नभई स्वास्थ्य सामाग्री बोक्न प्रयोग भएको छ
१९ गते बिहान दैलेख अस्पतालबाट स्वास्थ्य स्वयमसेबिकाहरुलाई दिइने तालिमको सामाग्री बोकी आठबिस नगर पालिकाको राकमकर्णालीमा गएको थियो ।
आकस्मिक सेवा लिन गएका बिरामीका अफन्तले बिरामीलाई सुबिधा सम्पन्न अस्पतालमा थप उपचारमा लैजानलाई अस्पतालको एम्बुलेन्स खोजे पछि सामाग्री ढुवानी गर्न गएको खुल्नमा आएको हो ।
जिल्ला अस्पतालमा यस्ता गतिबिधि बारम्बार दोहरीए पनि अस्पताल ब्यबस्थापन समितीले कुनै कारबाही नगरेकोले गतिबिधी बारम्बार दोहरी रहेको पाइएको छ ।
पत्रकार भिम सिजापतीले आफ्नो फेसबुक वालमा “हेलो जिल्ला अस्पताल दैलेखको प्रमुख डा . धर्मराज रेग्मी सर एम्बुलेन्समा बिरामी बोक्ने हो कि मान्छे र तालीम सामाग्री बोकेर गाउँ लिने हो के हो ? बिरामीले खोज्दा एम्बुलेन्स पाइदैन रे गर्न खोजेको के हो ? ” भनि लेखेपछी जिल्ला अस्पतालमा भएको बेथितीको पर्दाफास झनै भएको छ ।
अस्पताल प्रमुख डा.धर्मराज रेग्मीलाई कुनै जानकारी नै नदिई उक्त एम्बुलेन्स राकममा तालिम सामाग्री ढुवानी गर्न गएको समेत खुलेको छ ।
“अस्पताल प्रमुख डा.रेग्मीले यस्तो गैह्र जिम्मेवारी काम को कसबाट भएको हो छानबिन गरी दोषीलाई बिभागिय कारबाही गर्नको लागि आजै अस्पताल बिकास समिति र कर्मचारीको संयुक्त बैठक बस्ने भनेका छौ”, भनि सुशासनखबरलाई बताए ।