१० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले मंगलवार गरेको सम्बोधनमा एउटा अचम्मको अर्थशास्त्रीय मान्यता प्रस्तुत गरे ।
‘यस वर्ष उपभोक्ताकाे मूल्य वृद्धिदर गत वर्षभन्दा २ दशमलव ७ प्रतिशतले कम भएको छ । … मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ । यसबाट उत्पादनकाे लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ ।’
संसारभरिका केन्द्रीय बैंकहरुले मूल्यवृद्धि नियन्त्रण गर्ने औजारका रुपमा ब्याजदरलाई प्रयोग गर्ने गर्छन् । अमेरिकमा मूल्यवृद्धिदर तिव्र रुपमा बढ्न थालेपछि त्यहाँको केन्द्रीय बैंक फेडरल रिजर्भले २०२२ को मार्चदेखि निरन्तर ब्याजदर बढायो । त्यसबेला ० देखि ० दशमलव २५ प्रतिशसम्मको ब्यान्डमा रहेको फेड रेट २२ गुणासम्म बढेर अहिले ५ दशमलव २५ देखि ५ दशमलव ५ प्रतिशतको ब्यान्डमा छ ।