छैटौ उद्योग दिबस २०७७ का अवसरमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजनामा लघु, घरेलु तथा साना उद्योगको अवस्था, बिकास, बिस्तार तथा प्रबद्र्धन बिषयक छलफल कार्यक्रम संचालन भएको थियो ।
उक्त कार्याक्रममा प्रतिनिधी सभा सदस्य माननिय रबिन्द्रराज शर्मा र पार्बती बिशुंके सहित प्रदेश शभा माननिय मिना सिंह रखाल सहितको उपस्थितीमा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
“उद्यमी बनौ युवा बेरोजगार घटाउ” भन्ने मुल नारा सहित छैटौ उद्योग दिवस मनाउन लागेको उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख परशुराम आचार्यले बताउनु भयो । नेपाल सरकारले राखेको “ समृद्ध नेपाल सुखी नेपाली ” को नारलाई साकार पार्नका लागि लघु, घरेलू तथा साना उद्योगको बिकास र प्रबद्र्धन गरि उद्यमशिलता बिकासमा जोड दिनु अहिलेको मुख्य आबश्यक्ता रहेको उद्योग बिकास अधिकृत आचार्यले थपे ।
उक्त कार्यक्रममा “देशको अर्थ ब्यबस्थाको दरिलो आधार नै उद्यम भएकोले दैलेखमा सम्भाबित उद्योग र स्थापना भई संचालनमा नरहेका उद्योगहरुलाई समेत संचालनमा ल्याउन राज्यबाट हुने सहयोगमा कुनै पनि कसुर बाकि नराख्ने” प्रतिनिधी सभा सदस्य शर्माले बताए ।
यसै गरि संबिधाले प्रदत्त गरे अनुसार रोजगारि तथा ब्यबसाय गर्न पाउने अधिकारको संरक्षणका लागि राज्यले निती नियम समेत बनाएकोले राजगारी तथा उद्यमी श्रृजना गर्न केन्द्र सरकारसँग अपिल गर्ने अर्का प्रतिनिधी सभा सदस्य पार्बती बिशुंकेले बताइन ।
“दैलेखी जनतालाई स्वरोजगार मुखी बनाई सक्षम र आत्मनिर्भर बनाउने प्रमुख दायित्वसमेत रहेकोले उत्पादन, उत्पादित बस्तुको बजार ब्यबस्थापन, भण्डारण, प्रसोधन लगायत यावत बिषयमा स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारसँग समन्वयात्मक भुमिका निर्बाह गरि उद्योग र उद्यमीको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रमका अध्यक्ष प्रेम बहादुर थापाले कार्यक्रम समापन गर्नु भएको थियो