प्रशासन कार्यालयमा अत्याधुनिक सेवा सुबिधा सहित सेवाग्राही कक्ष संचालन

बाँके सम्बाददाता

आम नागरिकलाई सेवा प्रबाहका लागि बनेका भवनहरुमा कर्मचारीहरुका लागि आसन सहित अन्य ब्यबस्था अनिवार्य हुन्छ । उक्त कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागि कुनै पनि निकायहरुले आसन लगायत अन्य आधारभुत आबश्यक्ताको ख्यालनै नगरेको पाइएको छ ।

यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय बाँकेले सेवाग्राहीका लागि ३६ लाख लागतमा चिसोमा हिटर र तातोमा एसी र टोकन सहितको सुबिधा सम्पन्न सेवाग्राही कक्ष स्थापना गरेको छ ।

देशका कुनै पनि निकायमा सेवा लिन आउने जुनसुकै नागरिकलाई हेर्ने नजर राम्रो नरहेका कारण सेवाग्राही कक्ष लगायत आधारभुत आबश्यक्ता मध्ये खानेपानी, सौचालय लगायतका सेवाहरु प्रदान नगर्दा सेवाग्राहीहरु समस्यामा परि रहेको अवस्थामा प्रशासन कार्यालय बाँकेले पहुँचका आधारमा सेवा लिनेहरुले पहुँच बिहिनलाई प्रभाब पार्ने भएकाले टोकन प्रणाली सहित सेवाग्राहीका आधारभुत आबश्यक्ता पुरा गर्नको लागि बिभिन्न स्थानिय निकायसँगको साझेदारीमा उक्त कक्ष निर्माण गरेको साहयक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सुशासन खबरलाई जानकारी दिनु भयो ।

यस भन्दा पहिले प्रशासनमा सेवा लिनका लागि कहि कतैबाट भनसुन गर्नु पर्ने भए पनि यो टोकन सिस्टम लाग भए पछि समय अनुकुल सेवाग्राही प्रति प्रशासकहरुको दृष्टिकोण सकरात्मक हुन भएको र अन्य सेवा प्रदायक कार्यालयहरुले पनि जिल्ला प्रशासन कार्यालयको कामको अनुकरण गरी जनमुखी सेवा प्रभाहमा जोड दिनु पर्ने एक सेवाग्राहीले बताउछन् ।

 

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555