विप्लव समूहकाे जल्लाहदपन : शिक्षकको घाँटी रेटेर हत्या

२३ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले मिक्लाजुङ, मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पाइएको छ ।   मिक्लाजुङ गाउँपालिका-१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई सोमबार विहानै विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका थिए ।

त्यसको केहीबेरमै गाउँलेले ठूलो आवाज आएको सुनेका थिए । श्रेष्ठलाई अपरिचित समूहले लिएर गएको र गोली पड्किएको जस्तो आवाज सुनेपछि स्थानीयबासीले खोजी गरेका थिए ।

श्रेष्ठको शव घरबाट केही  पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको थियो । गोली चलेको आवाज सुनेकाले गोली हानेर हत्या गरेको हुन सक्ने स्थानियहरुले अनुमान गरेका छन्।

तर मधुमल्लाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा गएको टोली घटनास्थलमा पुगेर मृतक श्रेष्ठको शव हेर्दा घाँटी रेटेर हत्या गरेको जस्ताे पाइएको छ ।

शिक्षक श्रेष्ठलाई जंगलमा लगेपछि दुवै हात बाँधेर अगाडिबाट घाँटी रेटेर हत्या गरेकाे हुन सक्ने प्रहरीले जनाएको छ ।

घटनामा संलग्न व्यक्तिहरुको विभिन्न स्थानहरुमा खोजी गर्नुका साथै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले सुशासन खबरलाइ जनाएको छ ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555