भरत अधिकारी
जिल्ला अस्पताल दैलेखमा शब परिक्षणका गरिने पोष्टमार्टमलाई आबश्यक पर्ने सामान्य औजार नहुदा समयमै पोष्टमार्टम नहुदा स्थिती तनाब ग्रस्त भएको थियो ।
महाबु गाउ पालिका वार्ड नं. २ मा जंगली बदेलले लगाएको बाली नष्ट गर्ने गरेकोले उक्त स्थान बस्ने बर्ष २४ को लोकेश बुढा लगायत स्थानीय ४ जना जति हिजो राती जंगली बदेल धपाउनको लागि रुखमा बसी निग्रानी गरि रहेको अवस्थामा लोकेश बुढा रुखबाट लडी मृत्यु भएको थियो ।
उक्त शब बिहान ८ बजे नै पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याइएकोमा उक्त शबको पोष्टमार्टम बिभिन्न बहानामा दिउसो साढे १ बजे मात्र गर्न सुरसार भएको थियो । उक्त पोष्टमार्टम गर्ने क्रममा सम्बन्धित चिकित्सकको रेखदेखमा हुन पर्नेमा सो नभइ सहयोगी एक्लैले उक्त शब चिरफार गरेकोमा उक्त चिरफार गरि सके पछी चिरिएको घाउ लाई सिलाउने सियो नभएको भनि बेवारिसे अवस्थामा छोडी सहयोगीले पोष्टमार्टम घर छोडेपछी पिडित पक्ष केही बेर आक्रोसित भएका थिए ।
“हामी एक त शोकमा छौ तेसैमा जिल्ला अस्पताल दैलेखले समयमा शब परिक्षण नगरेको र ढिलै भए पनि उक्त शबको परिक्षण हुँदा समेत आबश्यक औजार नभएको भनि बेवारिशे अवस्थामा शबलाई छोडी पोष्टमार्टम घरबाट अस्पतालका कर्मचारी एका एक हराए पछि हामी आक्रोसमा आएका हाै”समाज सेवी तथा युवा नेता प्रकाश थापाले सुशासन खबरलाइ जानकारी दिए ।
साथै उक्त बिषयमा के भएको हो भनि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट निरन्जन पन्तलाई सोध्दा “खासै केही नभएको र उक्त शव परिक्षण गर्दा सिलाउने सियो भाचिएकोले केहिबेर रोकिएको हो ” भनि सुशासन खबरलाई जानकारी दिएका छन् ।
यसै बिषयमा अस्पताल संचालक समितीका अध्यक्ष समेत रहनु भएका लोमन शर्मालाई सोध्दा अस्पतालको बिषयमा चिन्ता लगेर बिभिन्न बिषयमा नितीगत निर्णय समेत गरेको र उक्त निर्णयनै अस्पताल प्रमुखले मान्ने नगरेको लगाएतका बिभिन्न गुनासा सहित गम्भिर भई भोलीनै यस बिषमा के भएको हो बैठक राख्ने भनि जानकारी दिनु भएको थियो ।
“यस अघि पनी अस्पतालमा बिभिन्न बहानामा बिभिन्न शुल्क लिने गरेको र उक्त शुल्क नलिने भनि संचालक समितिले निर्णय समेत गरि सकेता पनी नि.मे.सु.पन्तले कार्यन्वयन पक्षमा नगई मनोमानी समेत गरेका”े नाम नबताउने शर्तमा अस्पतालका एक कर्मचारीले सुशासन खबरलाई जानकारी दिएका छन् ।