निजामति क्षेत्रका सहिदको स्मृतीमा बृक्षारोपण ः कर्मचारी संगठन दैलेख

दैलेख ।

दैलेख निजामति कर्मचारी संगठनले पेशागत हितका लागि संगठन खोल्नु पर्छ भन्ने माग राखी आन्दोलनमा रहेको अवस्थामा सरकारले गाेली हानी हत्या गरेक सहिद मनोज र झपेन्द्रको स्मृतीमा बृक्षारोपण कार्यक्रम गरेको छ ।

सहिद मनोज जोशी, झपेन्द्र कार्कीको स्मृती दिवसमा दैलेख नारायण नगर पालिका वार्ड नं. १ स्थित राम मन्दिर परिसरमा बृक्षारोपण कार्याक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम संगठनका अध्यक्ष तिर्थराज जि.सी.को अध्यक्षतामा र सि.बि.ए दैलेखका अध्यक्ष भिम बहादुर बिष्टको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

“निजामति कर्मचारीहरुले आफ्ना हक हितका लागि संगठित हुनु पर्छ र पेशागत संघसंगठन खोल्न पाउनु पर्छ भन्ने माग सहित आन्दोलन गरेको बेलामा बि.स.२०४७ सालमा सरकारको गोली लागि साहदत प्राप्त गरेको सहिद प्रति सम्मान स्वरुप दैलेख निजामति संगठनले बिभिन्न जातका बिरुवाहरु रोपी सहिदको सपना साकार गराउने प्रतिबद्धताका साथ बृक्षारोपण कार्यक्रम गरेको “संगठनका अध्यक्ष जि.सीले सुशासन खबरलाई जानकारी दिए ।

निजामति कर्मचारीहरु सहिद मनोज र झपेन्द्रको त्यागका कारण हाल आफ्ना हकहितका लागि संगठन तयार गरी सरकारसँग आफ्ना पेशागत अधिकार तथा मागहरु सुनिश्चित गर्न दवाब मुलक कार्य गरि रहेकोले यसको प्रमुख श्रेय नै सहिदमा  रहेको”  सि.बि.ए‍ अध्यक्ष तथा उक्त कार्यक्रमको प्रमुख अतिथी भिम बहादुर बिष्टले बताए ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555