दैलेख सदरमुकाम बजारमा पौष १५ गते स्थानियको घर निर्माण गर्ने कामदार माटोको ढिस्को खसि पुरिएका थिए । निज जिल्ला बर्दिया ठाकुरद्धारा बस्ने बर्ष २६को रेशम चौधरी रहेका छन् ।
निज दक्ष मिस्त्रीको रुपमा दैलेखमा बिगत लामो समय देखी काम गर्दै आएका थिए । निज कामदार निर्माण स्थलमा काम गरि रहेको अवस्थामा माथीबाट माटोको ढिस्को खस्न गई पुरिएकोमा तत्काल स्थानिय प्रदिप थापाले देखे पछी उद्धारमा जुटे भने अन्य प्रत्यक्षदर्शिले प्रहरीलाई जानकारी गराए ।
तत्काल जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी टोली खटिइ निज कामदारलाई जिबितै उद्धार गरेका थिए । निजको अवस्था सामान्य रहेको छ ।