लायन्स क्लब अफ दैलेखले पंचकोशी बेद बिद्याश्रम नाभिस्थानमा अध्यनरत बिद्यार्थीहरुलाइ बिभिन्न सामाग्री बितरण गरेको छ ।
अन्तराष्टिय लायन्सका सस्थापक मेल्भिन जोन्सको १४२ औ जन्मदिनको अवसरमा पंचकोशी बेद बिद्याश्रम नाभिस्थानमा अध्यनरत बिद्यार्थीहरुलाइ आबश्यक पर्ने न्यानोको सामाग्री तथा कापि कलम बितरण गरेको थियो ।
उक्त कार्यक्रममा लाइन्स क्लब अफ दैलेखका अध्यक्ष खम बहादुर थापाको अध्यक्षतामा जोन चियर पर्सन मिन बहादुर थापाको प्रमुख अतिथ्यतामा उक्त सामाग्र्री हस्तान्तरण भएको थियो ।
उक्त कार्यक्रममा अतिथीकै रुपमा उपस्थित नारायण नगर पालिका वार्ड नं. १ का वार्ड अध्यक्ष तथा क्लबका सदस्य तिर्थ नारायण श्रेष्ठले बिगत देखी हाल सम्म बिभिन्न सामाजिक गतिबिधी गर्दै आएको र आगामि दिनमा पनि समाजसेवामा कटिबद्ध भई काम गर्ने बिश्वास रहेको भनि आफ्ना भनाई समेत राख्नु भएको थियो ।
यसै गरी ” दैलेख लायन्सले बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को महामारीका कारण देशमा लकडाउन भएको अवस्थामा देशका बिभिन्न जिल्ला तथा अन्य देशबाट समेत यात्रुहरु पैदल आउने क्रम जारी रहेको र यात्रीहरुले बाटोमा पानि समेत खान नपाएको अवस्थामा १२।१३ हजार पैदल तथा यातायातका साधनबाट दैलेख प्रबेश तथा बाहिर जानेहरु यात्रुलाई भात खुवाई पुन्यको काम गरेको र यस्ता सामाजिक काम धेरै गरेकोले लायन्स क्लब अफ दैलेख प्रति सकरात्मक रहेको” प्रदेश सभा सदस्य माननिय अम्मर बहादुर थापाले सुशासन खबरसँग कुराकानी गर्ने क्रममा बताउनु भएको थियो ।