कर्णाली प्रदेशमा कोभिड १९ को जोखिम उच्च ः १०६ जनाको परिक्षणमा ८७ जनामा कोरना पुष्टी

सुर्खेत । कर्णाली प्रदेशमा कोरना भाइरसको संक्रमण दर उच्च रहेको छ । जस मध्ये आज कर्णाली प्रदेशमा १०६ जनाको आरटी पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहिबार कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ९० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट १६ जना सहित जम्मा १०६ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकोमा ८७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो ।

कोभिड १९ संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका ७६, कालिकोटका ३, जुम्लाका २, जाजरकोटका १, दैलेखका २ र अन्य जिल्लाका ३ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले सुशासन खबरलाई जनाएको छ ।

 

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555