दैलेख ः दैलेखमा २७ बर्षिया गर्भवती महिलाको कोभिड १९ को कारण मृत्यू भएको छ । नारायण नगरपालिका वडा नं.६ की २७ बर्षिया महिलाको शुक्रबार जिल्ला अस्पतालमा मृत्यू भएको हो ।
शुक्रबार विहाना ११ः ३० बजे भर्ना भएकी महिलाको अस्पताल पु¥याएको एक घण्टा मै मृत्यू भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मीले बताए ।
रेग्मीका अनुसार विरामी भएर अस्पताल पुगेकी महिलाको एक घण्टामै मृत्यू भएको र मृत्यू पश्चात् एन्टिजेन टेस्ट गर्दा पोजेटिभ देखिएकोले कोरोनाकै कारण मृत्यू भएको भन्न सकिन्छ । उनको बच्चा हुने समय गत चैत्र २८ गते नै रहेको बुझिन आएको छ।