कोरनाको कारण कर्णालीमा थप चार जनाको मृत्यु

१८ वैशाख, सुर्खेत । कोभिड–१९ संक्रमणबाट आज कर्णाली प्रदेशमा थप चारजनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा सुर्खेतका दुई र सल्यानका दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारीले सुशासनखबरलाई जानकारी दिए ।

सूचना अधिकारी अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की ३२ वर्षीया महिला ,र गुर्भाकोट नगरपालिका–१३ का ३५ वर्षीय पुरुषको शनिबार दिउँसो प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यस्तै शनिबार नै सल्यानको बागचौर नगरपालिका–२ का २६ वर्षीय पुरुष र रोल्पाको गंगादेव गाँउपालिका–३ की ४८ वर्षीया महिलाको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555