जिल्लामा नया भेरिन्ट सहितको कोभिड १९ को संक्रमण दर उच्च भई अक्सिजन नपाई मृत्यु हुनेको संख्या पनि बढेको छ । कोभिड १९ संक्रमणबाट मृत्युको जोखिमलाई न्युनिकण गर्नको लागि दैलेख आइसोलेशन अस्पताललाई केही समाजसेवीहरुबाट अक्सिजन सहितको सिलिन्डर सहयोग भएको छ ।
सहयाेग गर्नेमा दैलेख भगवतीमाई वार्ड न १ घर भई हाल औद्योगिक प्रतिष्ठानका अध्यक्ष नन्द किशोर बस्नेतले १५ वटा अक्सिजन सहितको सिलिन्डर सहयोग गरेका छन् भने अर्का युवा व्यबसायी तथा समाजसेबी रबिन्सन थापा (रुपक) ले ३ वटा अक्सिजन सहितको सिलिन्डर र १००० लिटरको पानि ट्याङकी सहयोग गरेका छन् ।
“नया भेरियन्ट सहितको कोभिड संक्रमणबाट बिरामी भएकाहरुको स्वास प्रश्वासमा असहज भई मृत्यु नहोस् भन्ने उद्देश्यका साथ हामीले सहयोग गरेको हौ” सुशासन खबरलाई बस्नेत र थापाले जानकारी दिएका थिए ।
“जिल्लामा हाल संक्रमण दर उच्च रहेकोले उक्त उच्च संक्रमणदरबाट मानबिय क्षती हुन नपाउनको लागि अक्सिजनको आबश्यक्ता महत्वपुर्ण रहेकोले यस जिल्लामा अक्सिजन सहितको सिलिन्डर संख्या न्युन भएकोले संक्रमित बिरामीलाई अक्सिजन सुबिधा दिन नसकेको अवस्थामा सहयोगी दाताबाट प्राप्त अक्सिजनले मानबिय क्षती हुनमा कमि आउने छ ”अस्पताल प्रमुख थिर प्रसाद रेग्मी बताउछन् ।