प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विपक्षी गठबन्धन झन एकजुट बनेको छ ।
आइतबार बानेश्वरमा भएको विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीचको बैठकमा केन्द्रमा जस्तै मातहतका सबै कमिटीमा गठबन्धन भएर प्रतिगमन कदमका विरुद्ध लागि पर्ने निर्णय भएको काँग्रेस नेता गगन कुमार थापले सुशासनखबरलाई जानकारी दिए ।
‘केन्द्रमा जसरी ५ वटा शक्ति बीच मोर्चाबन्दी भएको छ , त्यसैगरी मातहतका कमिटीमा पनि यी ५ वटै शक्ति बीच मोर्चाबन्दी गरेर ओली सरकारका विरुद्ध राजनीति र न्यायिक लडाइ लड्ने सहमति हुनुको साथै ‘सम्बन्धित पार्टीले आफ्ना मातहतका कमिटीलाई निर्देशन दिने शीर्ष नेताहरुबीच सहमति भएको छ ।’ नेता थापाले भने ।
सहमतिअनुसार आज पाँच वटै दलका नेताहरुले आआफ्नो पार्टी कमिटीलाई निर्देशन गर्ने थापाको भनाइ छ ।
बैठकमा काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव कुमार नेपाल समूह र जनमोर्चाका नेताहरुको सहभागिता रहेको थियो ।