कर्णालीमा अबिश्वासको प्रस्ताब रोक्न अध्यक्ष प्रचण्ड र नेता नेपाल समुह बिच तिब्र छलफल

२७ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कामकाज प्रति असन्तुष्ट प्रकट गर्दै परेको अविश्वासको प्रस्ताव रोक्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

सोमबार दिनभर चलेको छलफललाई नेताहरुले आज पनि बिहानैबाट निरन्तरता दिएका हुन् । छलफलमा नेता नेपाल पक्षका नेताहरु प्रकाश ज्वाला, निरज आचार्य र ध्रुब शाही छन् भने प्रचण्ड पक्षबाट मुख्यमन्त्री शाही, नेकपा कर्णाली प्रदेश कमिटी सचिव तथा राष्ट्रिय सभा सांसद मायाप्रसाद शर्मा र प्रदेश सभा सांसद बिन्दमान बिष्ट छन् ।


अबिश्वासको प्रस्ताब दर्ता गर्ने नेता यामलाल कँडेलसँग कुनै पनि छलफल हुन भने सकेको छैन । नेता कँडेल प्रधानमन्त्रि के.पि. शर्मा ओलीका बिश्वासिला पात्र हुन। तर प्रचन्ड र नेपाल निकटका नेताहरु बिच सहमति नजिक पुगेको एक नेताले बताए ।

अबिश्वासको प्रस्ताब पेश गर्ने सत्ता पक्ष सांसदहरु मध्य ७ जना नेपाल निकटको रहेको र ३ जना पुर्व माओबादी निबकट रहेका छन । जस मध्य पुर्व माओबादी पक्षका तीन जनालाई फिर्ता गराउने प्रयास भएको र नेपाल निकटका सांसदहरुलाई सहमतिमा जोड दिने प्रयास भईरहेको एक नेताले बताए ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555