स्वास्थ सामग्री सहित गृह जिल्लामा भौतिकमन्त्री थापा

कर्णाली प्रदेश स्वास्थ सेवा निर्देशनालय सुर्खेतबाट जिल्ला अस्पताल दैलेखमा नया भेरियन्ट सहितको दोस्रो चरणको कोभिड 19 को सक्रमितको प्रत्यक्ष उपचारमा खटिएका स्वास्थ कर्मी तथा सक्रमिमितका लागि विभिन्न स्वास्थ सामग्रीहरु ल्याइ भौतिक तथा सहरी बिकास मन्त्री अम्मर बहादुर थापा गृह जिल्लामा आएका छ्न ।

मन्त्री लगायत स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रबिन खड्का, र सामाजिक बिकास मन्त्रालयको महाशाखा प्रमुख विर्ष बहादुर शाहीको उपस्थितमा अक्सिजन कन्सिडेटर १ थान, सर्जिकल माक्स ४००० थान , कम्मल २४ थान , मच्छेर झुल ५० थान लगायतका विभिन्न स्वास्थ सामग्री ल्याइ दैलेख अस्पताल प्रमुख थिर प्रशाद रेग्मिलाइ हस्तान्तरण गरेका छ्न ।

“अस्पतालमा रहेको मौजुदा जनशक्तिले आफू सङ्ग भएको ज्ञान सीप र दक्षता प्रयोग गरि सक्रमित बिरामिहरुको उपचारमा दिनरात खटिएको” अस्पताल प्रमुख रेग्मिले बताउनु भयो ।

“अघिल्लो बर्षदेखी नै जिल्लाको समग्र स्वास्थ स्थितिको बिषयमा चिन्ता लिइ बारम्बार ताकेता गरि स्वास्थ सामाग्री उपलब्ध गराउन अनुरोध गरे अनुसार सामाग्री पठाएको हो ” स्वास्थ निर्देशनालय प्रमुख डा. रबिन खड्काले सुशासन खबरलाई बताए ।

“समग्र रुपमा दैलेख अस्पतालमा कोभिडको बिरामिको उपचार अन्य जिल्लाको तुलनामा राम्रो गरेको छ र प्रदेश अस्पतालमा कोभिडको बिरामी लाई उपचार गर्न सकिदैन भनी बिज्ञप्ति निकालेको छ, त्यो काम राम्रो होइन , सरकारी बेतन लिइ सेवा दिन तल्लीन हुनु पर्छ, गैह्रजिम्मेवारी पन हो, यस्तो कार्य गरे कारबाही को प्रक्रिया अगाडि बढाइने हुँदा तेस्तो गैह्रजिम्मेवारी कार्य नगर्नु होला । जति बिरामी आए पनि बेड छैन भने भुइमा सुताएर भए पनि उपचार गर्नुस ” निर्देशनालय प्रमुख डा. खड्काले निर्देशन दिए ।

“जिल्लाको बिरामिहरु सुबिधा सम्पन्न अस्पतालमा उपचारको लागि गए पनि संतोषजनक उपचार नपाएर पुन जिल्ला कोभिड अस्पतालमै आइ उपचार गरेको” कोभिड सक्रमित एक बिरामिले सुशासनखबरलाइ बताए ।

“जनताको स्वास्थलाई केन्द्र बिन्दुमा राखी बिगतको बर्षमा प्रदेश सदस्यको हैसियतमा रहेको बेलामा निर्वाचन छेत्र बिकास कार्यक्रम अन्तर्गतको बजेटलाइ रकमान्तर गरि कोभिड आइसोलेशन अस्पताल निर्माण गरे र हाल म मन्त्री भैसके पछि प्रदेश सरकारबाट कोभिड सङ्क्रमण ब्यबस्थापनका लागि जिल्ला अस्पताल दैलेखलाइ १ करोड बजेट को सुनिश्चितता गरेको छु र अन्य समस्या समधान गर्न हर पल लागि रहने छु ।” मन्त्री थापाले बताए।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555