बेला बेला चर्चामा आइरहने नारायण नगर पालिकाका वार्ड नं. १ का वर्डा सदस्य रमेश के.सि पुन चर्चामा आएका छन् । नारायण नगरमा हुने बिभिन्न आर्थिक गतिबिधीमा सुशासन र पारदर्शिता गराउन निर्बाचित भएको बर्ष देखिनै आवाज उठाउदै आएका छन् ।
फेरी आज नगर सदस्य के.सि.ले बिश्वब्यापीरुपमा फैलिएको कोभिड १९ रोगको महामारीमा बिभिन्न क्वारेन्टिनमा खटिएका कर्मचारीलाई कोरना प्रोत्साहन भत्ता दिने नेपाल सरकारको निर्णय भए अनुसार क्वारेन्टिनमा नखटिएकै कर्मचारीहरुलाई कोभिड प्रोत्साहन भत्ता खाएको बिरुद्धमा आवाज उठाएका छन् ।
निजले सबै कर्मचारीहरु कोभिडको महामारिमा नखटिएको र खटिएको कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिदा कुनै फरक नपर्ने र नखिटिएकै कर्मचारीले भत्ता खादा राज्यकोषको दरुपयोग हुने भएकोले नियमानुसार रकम खर्च नगरेको आरोप लगाका छन् । कोरना कहरमा सम्पुर्ण आम नगर बासी समस्यामा रहेको र सरकारले कर्मचारीहरुलाई नियमित तलब भत्ता उपलब्ध गराउदा पनि भत्ता खानु उचित नभएको बताउछन् नगर सदस्य के.सी ।
नगरमा सरसफाईमा खटिने कर्मचारी, स्वास्थ्यकर्मि, सवारीचालकहरु नियमित कार्यालयमा आई कामकाज गरेकोले निजहरुलाई भत्ता दिदा कुनै फरक नपर्ने र जो कोरना कहरको समयमा कार्यालयमा उपस्थित थिएनन् त्यस्ता कर्मचारीलाई भत्ता दिनु उपयुक्त नभएको बताउछन् ।
जो नेपालसरकारको प्रोजेक्टमा कामकाज गर्छन त्यास्ता कर्मचारीले नगरपालिकाबाट भत्ता खान हुन्थेन त्यस्ता कर्मचारीले समेत कोभिड भत्ता पाएकोले राज्य कोष दुरुपयोग गरेको बताउछन् नगर सदस्य के.सी ।
यस बिषयमा नारायण नगर पालिका दैलेखका निमित्त प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुर बुढा संग बुझ्दा गत आ.ब.२०७६÷०७७ मा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत छबि नेपालीले नै टिप्पणी सदर गर्नु भएको र यस आ.ब.मा नगर सभाबाट भत्ता खुवाउने भनि पास भएकोले मैले खुवाएको हुँ । कोही कर्मचारी कोभिड १९को महामारीमा क्वारिन्टिनमा खटिएका थिए भने कोहि कार्यालयमा रहि कार्यालयको काम काजमा खटिएका थिए, त्यसैले कार्यालयमा खटिने कर्मचारी र क्वारिन्टिनमा खटिने कर्मचारीको जिम्मेवारी बराबर हुने भएकोले सम्मान जनक भत्ता बितरण गरेका छौ निमित्त प्रमुख प्रशासकिय अधिकृत बुढाले सुशासन खबरलाई बताए ।