संसद् विघटन विरुद्ध दैलेखका विद्यार्थी संगठनले शनिवार साँझ दैलेख सदरमुकाममा राँके जुलुस निकालेका छन् । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले राँके जुलुस निकालेका हुन् । राँके जुलुस निकाल्दै विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए । उनिहरुले राष्ट्रपतिले पदीय गरिमा कायम राख्नु पर्ने लगाएतका नारा बाजी गरेका हुन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, नेपाल–खनाल निकट अनेरास्ववियुले संयुक्त रुपमा राँके जुलुस सहित प्रर्दशन गरेका हुन् । प्रधानमन्त्री ओलीबाट पटकपटक संविधानको दियको प्रदत्त अधिकारको परिधिभित्र भित्र नरही संसद बिघठन गरेकोले त्यसका विरुद्ध आन्दोलनमा उत्रनुपरेको जुलुसमा सहभागी वाइसीएल नेपालका जिल्ला इन्चार्ज गोपाल बिसिले जानकारी गराए । पटक–पटकको संसद् विघटनमा प्रधानमन्त्रीलाई साथ दिएको भन्दै विद्यार्थी नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पनि चर्को आलोचना गरेका थिए ।
सम्बन्धित खबरहरु..
भेरी नदिको पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनीसँग ठेक्का तोडियो
- शुसासन खबर
- २०७९ मंसिर २२, १४:३७
- 0
भेरी नदिमाथिको पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीलाई योजना कार्यालयले छिटो निर्माण गर्नको लागि २०७३ […]
रेडियो मातृभूमि एफ एम ९६थोप्लो ५ मेघाहर्जको बिधिबत उद्घाटन
- शुसासन खबर
- २०७९ आश्विन ३, २२:४५
- 0
दैलेख । मातृभुमी संचार केन्द्र नेपालद्धारा संचालित रेडियो मातृभुमी एफ एम ९६ थोप्लो ५ मेगाहर्जको […]
२७ बर्षिया गर्भवती महिलाको मृत्यु
- शुसासन खबर
- २०७८ बैशाख १७, १६:५५
- 0
दैलेख ः दैलेखमा २७ बर्षिया गर्भवती महिलाको कोभिड १९ को कारण मृत्यू भएको छ । […]