नेकपा एमालेले संसदीय दलको निर्णय भन्दै सरकारमा रहेका पार्टीका तीनजना मन्त्रीलाई निलम्बन गरेको छ ।
प्रदेशसभाले शुक्रबार एक सूचना जारी गर्दै भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई प्रदेश सभा सदस्य एक महिनाका लागि निलम्बन गरिएको जानकारी दिएको छ ।
“सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको बिषयमा दलको निर्णय भन्दै प्रदेशसभा सचिवालयले निलम्बन गरेको सूचना सार्वजनिक गरेकोमा निलम्बीत सांसदहरुले कानुनी उपचार खोज्ने ” सुशासनखबरलाई जानकारी दिए ।
“संसदिय दलका नेता यमलाल कंडेल र प्रदेश सभा अध्यक्ष राजबहादुर शाही एमाले केपी ओली समुहको लबिमा रहेकोले निलम्बीत सांसद प्रती पुर्वाग्रही भई हामीलाइ निलम्बन गरी अदालतको आदेशको अबज्ञा गरेकाेले हाम्राे मानहानी हुने कार्य गरेकोले उपयुक्त कानुनी उपचार खोज्ने” मन्त्रि अम्मर बहादुर थापाले सुशासनखबरलाई जानकारी दिएका छन् ।
“प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट रहेका सभामुख राजबहादुर शाही प्रदेशसभामा गेम खेलिरहेको सत्तापक्षको आशंका रहेकाे” मन्त्री शाहीले बताए ।