युवा संघ नेपालका केन्द्रिय स्थायी सदस्य एबम् दैलेख जिल्ला संयोजक अशोक कुमार थापाको अध्यक्षतामा बसेको भेलाबाट बिधीबतरुपमा दैलेख जिल्ला कमिटी घोषणा भएको छ ।
युवा संघ नेपालका केन्द्रिय लेखा आयोगका सचिब उपेन्द्र शाहीको प्रमुख अतिथ्यतामा बसेको बैठकबाट अशोक कुमार थापाको संयोजकत्वमा ५०१ सदस्यीय जिल्ला कमिटी घोषणा भएको छ ।
कमिटीको उपाध्यक्षमा कमल तारामी मगर, कृष्ण बहादुर थापा र प्रशान्त सागर शर्मा र सचिबमा सन्दर शाही रहेका छन् । यसै गरी प्रत्येक पालिका स्तरिय संयोजक समेत तोकिएको संयोजक थापाले सुशासन खबरलाई जानकारी दिए ।
जस मध्ये नारायणमा एकदिप खाण, दुल्लुमा भिम बहादुर रोकाय, महाबु गा.पा.मा लोकेश बुढा , नौमुले गा.पा.मा दिनेश चन्द, भगवतीमाइमा रबिन्द्र थापा, डुङगेश्वरमा यमराज थापा, चामुण्डा बिन्द्रासैनि न.पा.मा तिलक नेपाली भैरबीमा खगेन्द्र शाहीलाई संयोजक तोकिएको छ । त्यस्तै आठबिस न.पा., ठाटिकाँध र गुँरास गा.पामा संयोजक हाललाई नतोकिएको केन्द्रिय सदस्य प्रकाश बुढाले जनकारी गराएका छन् ।