मेयरले उद्यघाटन गर्ने उपमेयरले शिलालेख भत्काउने

काठमाडौं। शनिबार सुदूरपश्चिम प्रदेशको कैलाली स्थित घोडाघोडी नगरपालिकामा एक अप्रिय घटना हुन पुगेको छ । नगरपालिकाको वडा कार्यालय उद्घाटन गर्न मेयर ममता प्रसाद चौधरी समारोहमा रिबन काट्दै गर्दा उपमेयर प्रेम कुमारी थापा भने भवनमा राखिएको शिलालेख हातमा ढुङगा लिइ तोडिरहेकी थिइन्। मेयर र उपमेयर बीच विवाद हुँदा अवस्था तनावग्रस्त बन्न पुग्यो।

उपमेयर थापा किन यस्तो प्रतिवादको अवस्थामा पुग्नु भयो भन्ने प्रश्नमा उपमेयर थापाले भनिन्, “आइतबार म बिभिन्न वडा कार्यालयको अनुगमनमा गएकी थिएँ। केही वडा कार्यालयमा शिलालेख राखिएको थिएन। एउटा वडामा राखिएको थियो, त्यसमा मेयर र वडाअध्यक्ष सहित वडा सदस्यहरु सम्पुर्णको नामावली थियो, तर उपमेयरको नाम राखेको देखिनँ आज शनिबार ७ नं.वार्ड कार्यालयको उद्यघाटनमा उपमेयरको नाम किन नराख्नु भएको भनि मेयरलाई सोधे उहाँले जानजान नाम नराखेको ठाडो जवाफ दिनु भयो, त्यस पछि उपमेयरको इतिहास मेटाउन खोजेको अनुभुति भयो, मैले मेरो पनि नाम हुनुपर्ने किन नभएको बताएँ। उहाँले मान्नु भएन, अनि शिलालेख नै तोड्ने अवस्थामा पुगेकी हुँ।”

उपमेयर थापा आफ्नो नाम नराखेसम्म कार्यक्रम अगाडि बढ्न उपमेयरले नदिए पछि अन्तत मेयर चौधरी शिलालेखमा नाम राख्न सहमत भए पछि कार्यालय स्थापन भएको थियो ।

यस्तो अवस्था कसरी आयो भन्ने प्रश्न मेयर चौधरीलाई पनि शुसासन खबरले सोधेको थियो। चौधरीले सुशासन खबरसँग भने, “उहाँको अलि अनुशासन छैन। जसले उद्घाटन गर्छ उसको नाम शिलापत्रमा हुने स्वभाविक कुरा हो। वडा अध्यक्ष र सदस्यहरुले आफ्नो पालामा कार्यालयमा उद्घाटन भएकाले वडाका सबैको नाम पनि राख्नु भयो। तर, उपमेयरको नाम कहाँ राख्ने उहा उपमेयरलाई सम्झाउन सकिएन। अब आयोजकलेनै जे गर्ने हो गर्ला, सबै वडामा मेरो नाम हुनुपर्छ भन्ने उपमेयरको कुरा छ।”

शनिबार उपमेयरले शिलापत्रमाथि तोडफोडको प्रयास गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर, यसका पछाडी शनिबारको कुरामात्र गर्नु अधुरो हुन्छ। एउटै पार्टी तत्कालिन एमालेबाट विजयी हुन् मेयर चौधरी र उपमेयर थापा। तर, उनीहरुबीच कहिल्यै पनि कुरा मिल्दैन भन्ने दुबैको कुराले संकेत गर्छ।

उपमेयर थापाले सुशासन खबरसँग भनिन्, ‘उहाँ मेयरले सँधै हेप्ने प्रवृति देखाउनु हुन्छ। मेरो कारणले बदनाम भएँ भन्नु हुन्छ। म पनि निर्वाचित जनप्रतिनिधि हुँ। मैले पनि दिदिबहिनीको कुरा सुन्नुपर्छ। उनीहरुको पक्षमा बोल्नु पर्छ।’

तर, मेयर चौधरी भने उपमेयर थापा अनुशासनहीन भएको आरोप लगाउँछन्। उनले सुशासन खबरसँग भने, ‘उहाँ उपमेयरमा अलि अनुशासनको कमी छ। उहालाई महिला पुरुष दुबैले मत दिइ जिताएका हुन तर उहाले सधै महिलाका सवालमा मात्र बोल्ने गर्नु हुन्छ । संविधानले नै उहाँको काम कर्तव्य र अधिकार तोकेको छ। त्यसमा मैले हस्तक्षेप गरेको छैन। अनुगमन समितिको संयोजक उहाँ नै हो। म आधिकारिक रुपमा कहिल्यै पनि अनुगमनमा जाने गरेको छैन। न्याय समितिको पनि संयोजक उहाँ नै हो। मैले त्यसमा केही हस्तक्षेप गरेको छैन।’

स्मरण रहोस मेयर चौधरीले यसअघि बोक्सी आरोपमा भएको कुटपिट घटनामा मिलापत्रसमेत गराएका थिए। २०७४ फागुनम एक स्थानीय युवतिमाथि धामी झाँक्रीले बोक्सी भन्दै कुटपिट गरेको घटनाका दोषीलाई मेयर चौधरीले छुटाएका थिए। त्यसपछि तत्कालिन एमालेले उनलाई कारबाही गर्नेसमेत बताएको थियो। यद्यपी उनीमाथि कुनै कारबाही भने भएन।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555