दैलेख जिल्ला नारायण नगरपालिका वडा न १ स्थित गहतरी गाउको राम मन्दिर परिसरमा नारायण नगरपालिका अन्तर्गत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरण ले रु २२ लाखको लागतमा जलवायु जोखिम न्यूनीकरण तथा अनुकुलनका विभिन्न अभ्यास सुरु गरेको छ /
जलवायु परिबर्तनको असरले त्यस क्षेत्रमा पहिले देखि रही आएको पानीको कुवा सुकेको छ र छाडा पशु चौपायको अत्याधिक चरणले गर्दा उक्त क्षेत्र उराठ प्राय भएको थियो र बजार क्षेत्रबाट वर्षा समयमा आउने पानीको भल ले गर्दा ठुला ठुला कुलेसा बनाएको छ र भूक्षयको ठुलो प्रभाव परेको छ /
उक्त क्रियाकलाप न्यूनीकरणका लागि वडा बाट योजना माग भए अनुरुप NCCSP2 ले UKAID को आर्थिक सहयोगमा जलवायु न्यूनिकरण तथा अनुकुलनका क्रियाकलाप अन्तर्गत वृक्षारोपण, घेरबार, मुहान संरक्षण, खानेपानी धारा, पुन भरण पोखरी र भूक्षय नियन्त्रणका लागि ग्याबिन पर्खाल निर्माण गरेको छ/
नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम का जलबायु संयोजक दिनेश घिमिरेले बताए अनुसार अबको केहि वर्ष मा उक्त क्षेत्र जैविक पार्कको रुपमा विकास हुने छ र जलवायु मैत्री बिकासको नमुना बन्ने छ /