एन्सिइ नेपालद्वारा लैंगिंक हिंसा अन्त्यको निम्ति गुणस्तरीय शिक्षाको आवश्यकता विषयक अन्तरक्रिया

दैलेख क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य साँसद अम्मरबहादुर थापाले शिक्षाको गुणस्तर सुधार गर्नका लागि शिक्षकहरुकै अग्रसरता जरुरी रहेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले दैलेख सदरमुकाममा आयोजना गरेको लैंगिंक हिंसा अन्त्यको निम्ति गुणस्तरीय शिक्षाको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका हुन् ।
नवनिर्वाचित साँसद थापाले शिक्षाको क्षेत्रमा सरकारले लगानी गरे अनुसार प्रतिफल आउन नसकेकोमा शिक्षक, अभिभावक र समुदाय संयुक्त पहलमा शैक्षिक गुणस्तर सुधार गर्न जुट्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा नवनिर्वाचित कर्णाली प्रदेशसभाका सदस्य कृष्णबहादुर बीसीले केन्द्र र प्रदेश सरकारसंग समन्वयमा रहेर शिक्षामा देखिएका समस्या सुल्काउन स्थानीय सरकारले नै पहल कदमी लिनुपर्ने औल्याए ।
कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले शिक्षा क्षेत्रमा भएको लगानीको उचित सदुपयोग गर्न विद्यालय प्रशासन र समुदायको सक्रियता जरुरी रहेको बताइन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेखका अध्यक्ष भरतराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कृष्णबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनकी जिल्ला अध्यक्ष पुष्पा थापा बोलेका थिए ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष यज्ञराज थापा, अधिकारकर्मीहरु गीता रम्तेल, प्रभाकुमार बिक, पत्रकार तीर्थ भण्डारी लगायतले शैक्षिक गुणस्तर सुधार, व्यवहारिक ज्ञानले समुदायमा हुने हिंसा र असामाजिक व्यवहार कमी आउने बिश्वास व्यक्त गरे ।
यस्तै लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानकै क्रममा दैलेख सदरमुकाम नजिकको रेडक्रस मावि भूर्तीमा महिला माथि हुने घरेलु हिंसा र बालिकाहरुलाई हुने यौनजन्य हिंसा अन्त्यको शिक्षाप्रद सडक नाट प्रस्तूत गरिएको छ ।
किशोरी आत्मरक्षा अभियानकर्मी सुनिता सोनी नेतृत्वको युवाहरुले अभिनय गरेको नाटक जीवन उपयोगी भएको रेडक्रस मावि भूर्तीका प्रधानाध्यापक पदमबहादुर थापाले बताए ।
त्यसबखत जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी सहायक निरीक्षक सुशीला भूसालले महिला र किशोरी माथि हुने हिंसा रोकथाम सरकारले ध्यान दिएको तर त्यसको लागि पीडित न्यायको निम्ति अग्रसर हुनुपर्ने बताइन् ।
कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि पत्रकार अमर सुनार, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला अध्यक्ष भरतराज अधिकारी र अक्फोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता गोपाल नेपालीले सामाजिक संरचना र लैंगिक हिंसा रोकथामका उपाय विषयमा प्रकाश पारेका थिए ।
Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555