आर्थिक बर्ष सामाप्त पश्चात धमाधम कार्यालय प्रमुखले कार्यालय छोडे : सुशासन खबर

आर्थिक बर्षको समाप्त भए पछि दैलेख जिल्लाका बिभिन्न कार्यालय प्रमुखले धमाधम कार्यालय छाडेका छन् । कार्यालय छोड्नेमा जिल्लाका अधिकांश कार्यालयका प्रमुख लगायत बिभिन्न पालिकाका प्रमुख प्रशासकियको पनि बाक्लै सुची रहेको छ ।

त्यती मात्र नभई खानेपानी सिंचाई तथा उर्जा बिकास कार्यालय दैलेखका प्रमुख अशोकराज गौतमले बिदामा बसेको अवस्थामा समेत सरकारी सवारी साधन नै  घरमा लिनुकाे साथै सवारी पासमा संघिय मन्त्रालयमा काम भएको उल्लेख गरी लिएका छन् भने उता बिभागिय मन्त्रालयबाट बिदा स्वीकृत गराएका छन् ।

दैनिक प्रशासनिक कामकाज नै ठप्प हुने गरी कार्यालय प्रमुख जानुले जनता प्रतिको उत्तर दायीत्व कम भएको जनाउछ । कार्यालय प्रमुख बिदा वा काजमा जानु पर्ने भएमा आफ्नो तालुक अड्डाबाट बिदा स्वीकृत गरी बस्नु पर्नेमा सो नभई आफुखुसी पनि बसेको पाईएको छ ।

निजामति सेवा ऐन २०४९ को अनुसार निजामती कर्मचारीलाई बार्षिक घर बिदा ३० दिन र अन्य भैपरी आउने तथा सट्टा बिदा गरी बर्षमा १२ दिन पाईने प्राबधान भए पनि कार्यालयमा नियमित हाजिरी नभई कहिले काज त कहिले बिदा भनि बिभिन्न बहानामा कार्यालय छोड्ने गरेकोले पाइएको छ ।

बिदा अभिलेखमा नदेखाई आपसी मिलोमतोमा बिभिन्न समयमा बिदा गई जनताको कामकाजनै ठप्प हुने गरी बिगतका दिनहरुमा पाइएको छ । त्यसैको निरन्तरता यस बर्ष पनि दोहोरिएको छ ।

” कर्मचारीहरुले सरकारबाट बिभिन्न सेवा सुबिधा उपभोग गरेका हुन्छन् त्यसै गरी जनताका कामहरु प्नि छिटोछरितो गरी समयमै भुत्तानि दिएको भए जिल्लामा आएको नियमित बजेट सायद फ्रिज हुने थिएन कि ? कार्यालय छोड्ने प्रमुखहरुको कार्यालयबाट यस बर्ष कार्यसम्पादनमा कमजोर भएकोले संघिय तथा प्रदेशको बजेट खर्च नभई फ्रिज भएको थियो । यो लापरबाही उपभोक्ता तथा जनताबाट नभई जनताको करबाट नियमित सेवा सुबिधा लिने कर्मचरीबाट नै भएको एक पिडितले सुशासन खबरलाई बताउछन् ।”

कानुनको सिद्धान्त बमोजिम “अज्ञानताबाट भएको कुनै पनि कसुर कानुन बमोजिम क्षम्य नहुने” हुँदा तालुक अड्डाले कारबाहीको प्रक्रिया अगाडी बढाउनु पर्नेमा सो नभई प्रोत्साहनको लागि बिदामा छाड्ने तथा आफुखसी कार्यालय छोड्दा पनि कुनै प्रतिक्रियानै जनाएको छैन । जति बेला काम गर्ने बातावरण अनुकुल हुन्छ उक्त समयमा कहिले हाकिम नहुने त कहिले प्राबिधिक नभई सम्झौता नै ढिला गरी बर्षादको समयमा हतार हतार काम गर्न लगाई बर्ष भरि खर्च हुन नसकेको बजेट असारमा एक महिना भित्र खर्च गर्ने प्रचलनले पनि जनताहरु प्रत्यक्ष मारमा परेको एक जानकार बताउछन् ।

यस बिषयमा सिंचाई तथा उर्जा मन्त्रालयका निमित्त प्रमुख इन्जिनियर ताराकेशर वाग्लेसँग बुझ्दा “कर्णालीको १० जिल्ला मध्ये केही बिदामा रहेको त केही मन्त्रालयको कामकाजले काजमा रहेको” जानकारी गराए ।

कार्यालय प्रमुख एकैचोटी बिदामा जानुमा जिल्ला प्रशासन कार्यालय पनि जिम्मेवार हो ? बिदामा बसेको समयमा सरकारी गाडी प्रयोग गर्न मिल्छकि मिल्दैन ? र सिंचाई कार्यालयका प्रमुख गौतमले त बिदामा बसेको अवस्थामा गाडी घरमा लिनु भएको हल्ला छ नी ? भन्ने प्रश्नमा सहायक प्रजिअ हरि देबकोटाले “यसमा हाम्रो कुनै संलग्नता छैन बिदामा बसेको जानकारी जिल्ला प्रशासनलाई दिनु पर्छ तर कतिले दिन्छन् त कतिले दिदैनन् । बिदामा बसेको कुनै पनि कर्मचारीले सरकारी सवारी प्रयोग गर्न मिल्दैन र उर्जा बिकास कार्यालयका प्रमुख गौतमले सरकारी कामकाजको शिलशिलामा संघिय मन्त्रालयमा काम परेकोले यस कार्यालयबाट श्रावण १० देखी २५ सम्मको सवारी पास लिएका छन् ।” भनि सुशासन कर्मिलाई जानकारी दिएका छन् ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555