दैलेख । नेकपा एकिकृत समाजबादी पार्टीको जिल्ला भेला अध्यक्ष बरुनाथ योगीको अध्यक्षतामा संचालन भइरहेको छ । उक्त कार्याक्रममा प्रमुख अतिथी प्रदेश सचिवायल सदस्य टेक बहादुर खाण र बिषेश अतिथीमा कर्णाली प्रदेश भौतिक पुर्बाधार मन्त्रि तथा प्रदेश सदस्य अम्मर बहादुर थापा रहेका थिए ।
यसै गरी जिल्लामा उपलब्ध सम्पुर्ण पार्टिका नेता तथा कार्याकर्ताको बाक्लै उपस्थिती रहेको कार्यक्रममा प्रदेश कमिटी सदस्य मयाराम अधिकारीले “पार्टि बिभाजन हुनुमा नेतृत्वको अकर्मण्यता रहेकोले बिगत देखी हाल सम्म पार्टिको अग्र पंतीमा रहेका नेताबाट समस्याको हल नखुजिनु र आत्मआलोचना नगरी आफुलाई देवता ठान्नु जस्ता प्रबृतीले बिभाजन भएको हो ।”
“बिगतलाई सम्झदै डा. केशरजंग रायमाझिले पनि यसै गरी पार्टी बिभाजनको दिशामा लगेको र हाल केपी ओली पार्टि अध्यक्ष भए पछी पुन बिभाजनको दिशामा उन्मुख भएकोले यसको दोषी ओलीनै रहेको बताए ।”