दैलेख नेकामा एकै परिवारका ३ जना क्षेत्रिय प्रतिनिधीमा निर्बाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सरगर्मी देश भरनै चलिरहेको छ। यसै क्रममा माहाधिबेशनलाई लक्षित गरि सुक्रबार देशभरका सम्पुर्ण वार्डमा एकै साथ वार्ड अधिबेशन चलिरहो थियो ।

कतै सहमति, कतै चुनाव त कतै बिवादको बिचमा पनि वार्ड अधिबेशनको सरगर्मी बढिरहेको सिलसिलामा दैलेखमा पनि निकै माहोल तातिरहेको थियाे।

कतिपय ठाउँमा अग्रज नेताहरु अधिबेशनमा निर्बाचित नभई पाखा लागिरहेको बेला कति पय ठाउँमा भने युवाका अनुहार देखा परिरहेका छन्।

दुल्लु नगरपालिका वाड नम्बर ३ मा १९ वर्षीया स्वास्तिका महत वडा सभापतिमा चयन भएको समचारले चर्चा बटुलिरहेको बेला दैलेखको नारायण नगरपालिका वाड नम्बर ९ बाट भने एकै परिवारका तीन जना सदस्य सर्वसम्मत चयन भएका छन्।

बाबु रेशम सुनार वार्ड सभापतीमा निर्वाचित भएका छन् भने आमा मीना सुनार, र छोरा नवीन सोनी क्षेत्रिय महाधिबेशन प्रतिनिधीमा सर्व सम्मत निर्बाचित भएका छन् ।

उनीहरु नेपाली कांग्रेसको पुर्व मुक्ति सेनाको पश्चिम कमाण्डर, पूर्व राष्ट्रिय सभा सांसद तथा नेपाली कांग्रेस पार्टीको भातृ संगठन दलित संघको परिकल्पनाकार एवं संस्थापक नेता रत्नबहादुर सुनारको छोरा बुहारी र नाती हुन्।

छोरा रेशम पार्टीको पूर्व सह सचिवको हैसियतमा रहेको अवस्थामा सशस्त्र युद्धकाे समयमा  बिद्राेही पक्षाबाट हत्या गरिएका पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तलाई पक्राउ गरी कारबाही गर्नु पर्छ भनि गरि रहेको शान्तिपुर्ण एक मोर्चाको नेतृत्व गरि रहेको अवस्थामा तत्कालिन एकिकृत ने.क.पा. माओबादीका कार्यकर्ताले टाउकोमा लाठिले हानी गंम्भिर घाइते बनाएका थिए ।

यसै गरी छोरा नबिन तरुण दल दैलेखमा आवद्ध छन् भने, आमा मिना महिला संघमा लामो समय देखी सक्रिय राजनिती गरि रहनु भएको थियो ।आफ्नो पुस्ताले नै कांग्रेसमा तनमनधन सार्थ खुन पसिना बगाउँदै आइरहेको पार्टी भएकोले पार्टिबाट थप जिम्मेवारी दिएमा जिम्मेवारी बहन गर्न सक्ने दृढ इच्छा शक्ति रहेको वार्ड सभापतीले सुशासन सम्बाददातालाई बताए। आफूलाई र आफ्नो परिवारलाई वडा नम्बर ९ का क्रियाशील काँग्रेसले दिएको माया प्रति नतमस्तक भएको उनिहरुकोभनाई छ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555