दैलेख
“अझै कति सहने ?” अभियानले दैलेखमा पनि आफ्नो कार्यक्रम गरेको छ । “अझै कति सहने ?” अभियानको दैलेख संयोजक समेत रहेकी रेखा थापाको नेतृत्वमा दैलेख सदरमुकाम स्थित देबकोटा चौकमा प्ले कार्ड सहित कार्यक्रम भएको थियो ।
“नेपालको संबिधान २०७२, नेपालको सम्पुर्ण प्रचलित कानुनहरु, र नेपालले अनुमोदन तथा हस्ताक्षर गरेका सम्पुण अन्तराष्ट्रिय सन्धिहरुलाई मध्येनजर गर्दै हामिले जबर जस्ती करणी तथा अन्य करणीसँग सम्बन्धित कानुन अनुसार उजुर लाग्ने हद म्याद कसुर भएको मिती देखी १ बर्ष नभई हदम्याद नलाग्ने ब्यबस्था गर्ने लगायत यावत बिषयमा कानुन संसोधन गर्नका लागि दबाव स्वरुप यो कार्यक्रम गरेको सहभागी प्रतिमा खड्काले बताईन” ।
“बलत्कारका घटनाहरुलाई सहजै लिने माफि दिने, मुल्तबी गर्ने लगातका गतिबिधी भएकाले यस्ता जघन्य अपराधहरुमा राज्यले कुनै पनि छुट दिन नहुने ”अर्का सहभागी तथा अनेरास्वबियू दैलेखका सह इन्चार्ज हेमन्त दशौदीले बताए ।