कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मर थापालाई

६ कात्तिक, सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी कर्णाली प्रदेश भौतिक पुर्बधार तथा सहरी बिकास मन्त्री अम्मर बहादुर थापाले पाएका छन् ।

पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकबाट थापालाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो । थापा कम्युनिष्ट आन्दोलनमा लामो योगदान दिएको सन्त नेताको रुपमा परिचय बनाएका छन ।

२०४६ सालको पन्चायत बिरुद्धको आन्दोलन र जन आन्दोलन २०६२÷०६३ सालको जन आन्दोलनमा नेतृत्व गरेका थापा २०७० सालमा तत्कालित नेकपा एमालेबाट दैलेख क्षेत्र नं. १ बाट  संबिधान सभा सदस्यमा प्रत्यक्ष रूपमा निर्बाचित भएका थिय  भने २०७४ सालकाे प्रदेश सभा निर्बाचनमा दैलेख जिल्लाका क्षेत्र नं. १ काे प्रदेश ख बाट निर्वाचित समेत भएका थिए ।

समाजवादीले यसअघि प्रकाश ज्वालालाई कर्णाली प्रदेश इञ्चार्जको जिम्मेवारी दिइसकेको छ । यस्तै प्रदेश सह-इञ्चार्जको जिम्मा चन्द्रबहादुर शाही,  हंस शाही,  शेरबहादुर केसीले पाएका छन् भने ठगेन्द्र पुरीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555