भरतराज अधिकारि
कर्मचारीहरुको मिलनको माध्यम बनेको मिलन केन्द्रले बारम्बार विभेद गर्दै आएको छ ।
दैलेखमा आउने कर्मचारीहरुलाइ स्वागत र सरुवा भै जाने कर्मचारीहरुलाई बिधाइ गर्ने प्रचलन भए पनि अधिकृत स्तर भन्दा माथिका सबैलाई अनिवार्य स्वागत र बिदाइ गर्ने गरेको छ भने तल्लो स्तरका कर्मचारी सरुवा भै आए पनि गए पनि कुनै कार्यक्रम नगर्ने गरेको छ ।
कर्मचारीहरुको मिलनका लागि भनी केन्द्रको अबधारणा ल्याइए पनि बिगत लामो समय देखि मिलनका कुनै पनि कार्यक्रम नभएको जानकारहरु बताउछ्न ।
जिल्लामा “सहायक प्रमुख जिल्ला अधिकारिको रुपमा मुगु देखि सरुवा भै आएको डेड महिना सम्म पनि मलाइ स्वागत गरेनन ! अन्य जिल्लामा यस्तो हुन्थेन” सप्रजिअ गणेश प्रसाद कोइरालाले सुशासन खबर सङ्ग गुनासो गरेका छ्न । यस बिषयमा कर्मचारी मिलन केन्द्रका अध्यक्ष तेज बहादुर थापालाइ बुझ्दा “करिब २ बर्ष देखि कोभिड महामारिको कारणले भेला जम्मा गर्न केही कठिनाइ भएकोले मिलनका कार्यक्रम गर्न नसकेको र राजपत्र अनङ्कित र श्रेणी बिहिन तहका कर्मचारीहर्लाइ समेत कुनै विभेद नगरेको” जिकिर गरेका छ्न ।