जिल्ला लघु उद्यमी समुह संघ (डिमेगा) ले ब्याबसाय ब्याबसाय बिच १ दिने अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । कोभिड १९ बाट प्रभाबित अति कमजोर बर्गको आय आर्जन सुरक्षित गर्नका लागि संयुक्त राष्ट्र संघको सिघ्र पहल कार्यक्रम अन्तर्गत जिल्लाका बिभिन्न स्थानमा समुहगत उद्यमीहरुलाई डिमेगा दैलेखले तालिम दिएका ब्यबसाय र उक्त ब्यबसायका उत्पादित बस्तुको बजार ब्यबस्थापनका लागि ब्याबसाय ब्याबसाय बिच १ दिने अन्तरक्रिया कार्यक्रम संचालन गरेको थियो ।
उक्त कार्यक्रममा हार्डवेयर, तरकारी तथा फलफुल, निर्माण ब्यबसायी लगायत लघु उद्यमीहरुको उपस्थिती रहेका थियो । उक्त कार्यक्रमले उद्यमीका उत्पादित बस्तुको बजारको सुनिश्चितता लगायत बाह्यबजारबाट आयतित बस्तुसँगको प्रतिष्पर्धा कसरी गर्ने भन्ने बिषयमा छलफल भएको थियो । उक्त कार्यक्रममा दैलेख उद्योग बाणिज्य संघ दैलेखका महासचिब राजेश कुमार हमालको प्रमुख अतिथ्यतामा संचालन रहेको थियो भने कार्यक्रमको अध्यक्षता डिमेगा दैलेखका उद्यम बिकास अधिकृत गणेश बि.क.ले गरेका थिए ।