निरूता कटुवाल दैलेख ।
बनमा उत्पादन गरिएका साल लगायका प्रजातिमा रुख तथा काठ कट्न पाउनु पर्ने स्थानियले माग गरेका छन् । “निजी जग्गामा भएकाे सालको काठ बिक्री वितरणमा सहज बनाउन दैलेखका स्थानियले सराेकारवालाहरुसँग माग गरेका छन् ।
पारिवारिक निजी वन संघ नेपाल दैलेखले आयोजना गरेको कार्यक्रममा उनीहरुले कृषि बाली सरह साल लगायतका प्रजातिमा रुख तथा काठ बेच्न पाउने अधिकार स्थापित हुने गरी कानून निर्माण गर्न स्थानिय सरकारसँग माग गरेका हुन् । “निजी वन संघ नेपाल दैलेखकाे मागलाइ आफुले स्थानिय सरकारबाट पहल गर्ने” नारायण नगर पालिकाका मेयर रत्न बहादुर खड्काले बताए ।
पारिवारिक निजि वन संघ दैलेखका अध्यक्ष भरतराज अधिकारीले “वन तथा गैरकाष्ठ वन पैदावारमा एेन निर्माण नहुदा निजी वनका कृषक अप्ठ्यारो भयकाे बताए”।
∂