राजश्व कार्यालयका कर्मचारी र ब्यावसायी बिच बिवाद

१८ चैत, झापा ।

राजश्व बिभागले बिर्तामोड स्थित शाह कपडा पसलमा सिलबन्दि गरे पछि विभाग र व्यवसायीहरुबीच बिहिबार दिनभर बिवाद भई तनाव भएको थियो । विर्तामोड उद्योग वाणिज्य संघले केही घन्टा पूर्व–पश्चिम राजमार्ग नै अबरुद्ध गरेका थिए।

साँझ विभागका कर्मचारी र व्यवसायीहरुबीच शुक्रबार छलफल गर्ने सहमति भए पछी सडकमा गरिएको अवरोध हटेको थियो । “अवैध सामान रहेको सूचनाका आधारमा छापा मारेर विर्तामोड–३ का दिपेन्द्र आचार्यको गोदामलाई शिल गरिएको” राजश्व अनुसन्धान विभाग, इटहरीका प्रमुख तीर्थ खनालले बताए । उनका अनुसार राति लाइट बालेर हेर्दा कपडा देखिएको थियो र अनुसन्धानका लागि शिल गरिएको हो ।

“उक्त पसलमा शंकास्पद कारोबार भएको भन्ने अनुसन्धानमा देखिएकाले बुधबार नै दुई जना कर्मचारी पसलमा पुग्नु भएको थियो र खरिद, विक्री बिल र स्टक माग्नु भएको थियो,  उहाँले कुनै कागजात देखाउन नसकेपछि शिल गरेका थियौं, पसलमा कागजात सुरक्षित होस् र अनुसन्धानमा सहयोग होस् भनेर शिल गरिएको हो ।” प्रमुख कर अधिर्कित खनालले बताए

 

हेर्नुस् उद्योग वाणिज्य संघको विज्ञप्ति

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555