सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको चैत्र २६ गते हुन भनिएको निर्वाचन तत्काल नगर्न उच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । अदालतका कामु मुख्य न्यायाधीस शेषराज सिवाकोटीको एकल ईजलासले दुवै पक्षको बुझि निष्कर्षमा पुग्नु पर्ने भएकाले तत्कालका लागि निर्वाचन प्रक्रिया अघि नबढाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेका हुन् ।
अन्तरिम आदेश छलफलका लागि उद्योग बाणिज्य संघका दुवै पक्षलाई स्वयम् आफै वा कानुनले तोकेको प्रतिनिधी यहीँ चैत्र २४ गते उपस्थित हुने र बिपक्षी नं. १ र २ को हकमा सरकारी वकिल मार्फत आदेश जारी हुन नपर्ने कारण सहित १५ दिन म्याद भित्र आफै वा प्रतिनिधी मार्फत लिखित जवाफ पेश गर्न उत्प्रेषण, परमादेश जारी भएको उप–रजिष्ट्रार सरोजनिधि वाग्लेले जानकारी दिए ।
सुरेन्द्रकुमार मल्लले संघको निर्वाचन रोकी पाउँ भन्दै उच्च अदालत सुर्खेतमा बिहीबार रिट दायर गरेका थिए ।