नागरिक्तामा सम्मानित नाम प्राप्त गरे कुकुर कामी र ठगे कामीले

दैलेख । नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुइजनाले नाम सच्याएको नागरिक्ता प्राप्त गरेका छन् । दैलेख भगवतीमाई गाउ पालिका वार्ड नं. ३ बस्ने कुकुर कामी र वार्ड नं. ५ बस्ने ढगे कामीलाई यस अघि प्राप्त गरेको नेपाली नागरिक्तामा नाम सच्याइ आज प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले नागरिक्ताको प्रमाण पत्र बितरण गरेका छन् ।

कुकर कामिले कबिराम कामी राखेका छन् भने ठगे कामिले कर्ण बहादुर बि.क. नाम राखी नागक्तिाको प्रमाण पत्र प्राप्त गरेका छन् । अपमानजनक नाम सच्याएर नया नागक्तिाको प्रमाणपत्र जारी हुँदा कुकर कामी र ढगे कामी एक दमै खुसी भएका छन् ।

 

“अपमानित नामका कारण सधै अपहेलित हुन परेको र आफ्नो नाम सँग जोडिएका आफन्तहरुलाई समेत अपमानित नाम उच्चारण गर्न समस्या परेकोमा अबका दिनमा सहजै नाम उच्चारण गर्न सक्ने बिश्वास लिएका छौ” कुकुर भन्ने कबिराम कामी र ठगे भन्ने कण बहादुर बि.क.ले खुसी हुँदै सुसाशनखबरलाई प्रतिक्रिया दिएका छन् ।

 

तत्कालीन श्री ५ को सरकार, जिल्ला कार्यालय दैलेखबाट २०४६ जेठ ७ गते नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए । तत्कालीन समयमा गाउँमा पुगेको नागरिकता टोलीले उनलाई ‘कुकुर कामी’ नाम राखेर नेपाली नागरिकता थमाएको थियो ।

नागरिकतामा अपमानजनक नाम भएको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएका थिए । सोहि बिषयलाई लिएर साउन २३ गते गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो ।

गृहको परिपत्रसँगै कविरामले साउन २४ गते अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपिका लागि जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।

कविराम जस्तै नेपाली नागरिकतामा ठगे कामी लेखिएका साबिक कट्टी गाविस(६, हाल भगवतीमाई गाउँपालिका(५ का कर्णबहादुरको पनि नागरिकताको महलमा कर्णबहादुर विक लेखिएको नयाँ नागरिकताको प्रतिलिपि पाएका छन् । नामकै कारण अपमानित हुनुपरेका कर्णबहादुरले साउन २९ गते जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।

आवश्यक प्रक्रिया पुर्‍याएर अपमानित नामको सट्टामा नया सम्मानजनक नाम राखी नागरिकताको प्रमाणपत्रको प्रतिलिपी जारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । ‘हामीले नागरिकतामा कुकुर कामी लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकलाई अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपि जारी गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने । उनले नागरिकतामा अपमानजनक नाम लेखिएका अन्य व्यक्तिहरूलाई पनि जिल्ला प्रशासनको सम्पर्कमा आउन आग्रह गरेका छन् ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555