दैलेख, ३१ असार । दैलेखको गुराँस गाउँपालिकामा प्रहरी र आन्दोलनकारी बिच झडप हुदा हवाई फायर भएको छ ।
करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गाउँपालिकाले गरेपछि आन्दोलित भएका करार कर्मचारी र प्रहरीबिच झडप भएको छ । झडपमा परि दुई जना कर्मचारलाई गोलि लागि घाइते भएका छ्न । घाइते हुनेमा वार्ड न १ का कार्यालय सहयोगी बखत खत्री र सर्बसाधारण भवानी भन्ने ब्यक्ती लाई गोलि लागि घाइते भएको कर्मचारी युनियनका प्रदेश उपाध्यक्ष कर्ण थापा सुशासन खबरलाइ जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते हुनेमा पाँच जना प्रहरी रहेका छन भने अन्य दुइजना आन्दोलनकारीहरु रहेका छन । आन्दोलनले उग्र रुप लिन थाले पछि प्रहरी र आन्दोलनकारी बिच झडप हुँदा प्रहरीको
लाठी जार्ज तथा गोली लागेर घाइते भएको प्रत्यक्षदर्शीले बताए ।
घाइते मध्ये दुइजनाको अवस्था गम्भिर भएपछि उपचारको लागि सुर्खेत पठाइएको छ । थप सुचना संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिनुभयो ।