सर्लाहीमा नगर अस्पतालका विषयमा विवाद हुँदा एक जनाको गाेली लागि मृत्यु भएको छ।
बरहथवा नगरपालिका स्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।
शुक्रबार दिउँसो करिब २ बजेदेखि स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो।
‘झडप हुँदा एक जनाको मृत्यु भएको छ, शव स्थानीयकै नियन्त्रणमा छ,’ प्रजिअ धमलाले भने, ‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ।’
‘शव अहिले सम्म हाम्रो नियन्त्रणमा नरहेको र आन्दोलनकारीको नियन्त्रणमा सव रहेकोले के कसरी मृृत्युु भएको हो एकिन हुन नसकेको प्रजिअ बताउछन् साथै गोली चलाउने आदेश समेत मैले नदिएको बताएका छन्’ ।
अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले शुक्रबार नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो। स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो।